गर्भवती भएर मात्र नभई यी कारणले गर्दा पनि रोकिन सक्छ महिनावारी !

काठमाडौँ । धेरै महिलाहरुलाई खानपान तथा अन्य कारणले महिनावारी मा समस्या आइरहेको हुन्छ तर के कती कारण ले यस्तो समस्या आएको छ भन्ने कुरा पत्ता लगाउन नसक्दा अलि अपठेरो स्थीति सिर्जना हुन जान्छ ।

लगातार रुपमा महिनावारी भएको अवस्थामा छ महिना देखी एक बर्षसम्म महिनावारी रोकिएमा महिनावारी रोकिएको मान्न सकिन्छ ।

साधारणतया ४५ वर्षदेखि ५५ बर्षको उमेरमा रजस्वाला बन्द हुने भएपनि धुम्रपान, मद्दपान र कुपोषण जस्ता समस्याहरुले गर्दा समय भन्दा अगाडी नै यस्तो अवस्था आउन सक्छ ।

उमेर पुगेका कारणले अण्डाशयको कार्यह्रास हुंदै जानु, प्रजनन प्रणलिमा गम्भीर संक्रमण या अस्वाभाविक तरिकाले माशुको डल्लो बढ्दै जाने तथा कुनै पनि प्रकारको विकिरण वा डिम्ब बिकास हुने अवस्थामा असर पुगेको खण्डमा महिनावारी रोकिने प्रवल संभावना रहन्छ ।

कुनै अवस्थामा भने शल्यक्रिया गरी पाठेघर तथा डिम्बाशय निकालेको अवस्थामा पनि महिनावारी बन्द हुने संभावना रहन्छ । डाक्टरको सल्लाह अनुसार महीनावारी बन्द भएको अवस्थामा शारीरिक तथा मानसिक असर पर्ने लक्षणहरु देखा पर्दछन् ।

शारीरिक लक्षणहरु जस्तै अनुहार, घाँटी तातो हुने, रातिको समयमा असामान्य तरिकाले पसिना आउने, निद्रा नलाग्ने, संक्रमण हुने तथा चिलाउने, पिसाव रोक्न गाह्रो हुने तथा छिटो छिटो पिसाव लाग्ने, छाला सुख्खा हुने था शरीरमा केही चिज सलबलाएको जस्तो हुने लक्षणहरु देखा पर्दछन् ।

यस्तो अवस्थामा मानसिक समस्याहरु जस्तै चिड्चिडाहट हुने, दिक्क लागिरहने, मन चञ्चल भैरहने, मन उदाश हुने, चिन्ता निकै हुनुका साथै स्मरण शक्ति कम हुने समस्याहरु देखा पर्न थाल्दछन् ।
यस्तो अवस्थामा धैर्य धारण गरी आराम गर्ने, नशालु चिजहरुको सेवन नगर्ने, कफि चिया, तथा नुनिला पदार्थहरु कम मात्रामा सेवन गर्ने ध्यान तथा योगा गर्ने, रमाईला प्रकारका पुस्तकहरु पढ्ने र रमाईला कृयाकलापहरुमा शारीरिक शक्रियता बढाउने कामहरु गर्नुपर्दछ ।

महिनावारी बन्द भएको अवस्था पश्चात हाड कमजोर हुने, पिसाव रोक्न नसकीने, पाठेघर बाहिर आउने तथा आँङ खस्ने समस्या आउने, मुटुरोगको समस्या देखा पर्ने, आँखाको शक्ति कमजोर हुदै जाने, स्तन क्यान्सरका लक्षणहरु देखा पर्ने तथा अचानक मात्रामा तौल बढ्ने समस्या देखा पर्न थाल्दछ ।

यस्तो अवस्थामा प्रसस्त मात्रामा हरीयो सागपात, माछा, मासु, दूध तथा पोषण र क्याल्सियम युक्त खानेकुराहरुको सेवन गर्नु उचित हुन्छ । तर यस्तो अवस्थामा भुलेर पनि धुम्रपान तथा मद्यपान गर्नु हुदैन् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:०८

फेसियल गरिसकेपछि यस्तो झुक्किएर पनि नगर्नुहोला ! हेर्नै नहुने गरी अनुहार बिग्रेला !