फेसियल गरिसकेपछि यस्तो झुक्किएर पनि नगर्नुहोला ! हेर्नै नहुने गरी अनुहार बिग्रेला !

आधुनिकतासँगै फेसियल गर्ने चलन बढ्दो छ । अनुहारमा धेरै मेकअप नगर्नेहरुले समेत फेसियल गर्ने गर्दछन् । फेसियल अनुहार चम्काउन र सुन्दर देखाउन निकै राम्रो विकल्प हो । तर कहिलेकाँही फेसियलले अनुहार कुरुप पनि बनाई दिन सक्छ । साथै नकरात्मक असर पनि पर्न सक्छ । त्यसैले फेसियलपछि यी कुराहरुमा ध्यान दिनु पर्छ ।

–फेसियलपछि तत्काल घाममा बस्नु या हिँड्नु हुँदैन । फेसियलले अनुहारको छालालाई सफ्ट बनाउँछ । यस्तो अवस्थामा घाममा बस्दा टेनिकको समस्या आउन सक्छ ।

–फेसियलपछि स्क्रम गर्नु हुँदैन् । यसो गर्दा गर्दा छालामा समस्या उत्पन्न हुन थाल्छ । जबरु यसका लागि माइल्ड फेसवास प्रयोग गर्न सक्नुहुन्छ ।

–फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन । यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ । साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने समस्या हुन्छ ।

–फेसियलपछि तत्काल थ्रेडिङ वा अपर लिप गर्नबाट पनि बच्नुस् । अनुहारको छाला यति संवेदनशील हुन्छ कि यस्तो समय थ्रेडिङ गर्दा स्थायी रूपमै दागसमेत बस्न सक्छ ।

–सकभर फेसियलपछि चिया, कफी पनि नपिउनुस् । यसरी पिउँदा अनुहारको रक्तसञ्चारमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन । दुई घन्टाको अवधिपछि चाहिँ पिउँदा हुन्छ ।

–महिला हुनुहुन्छ र गर्भवतीसमेत हुनुहुन्छ भने फेसियलपूर्व आफूबारे पार्लरमा बताउनुस् । ताकि, तपाईंको सुविधा र अवस्थाअनुसार ब्युटिसियनले ट्रिटमेन्ट गरून् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:१२

मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्नुहोस्, जसले तपाइँलाई यस्ता अकल्पनीय फाइदा हुन्छ