उदयपुरको एमबी अस्पतालमा शनिबार सर्जरीको अचम्म लाग्दो केस बाहिर आएको छ। डाक्टरले सलूम्बरको ४० वर्षीय गजेन्द्रको पेटको सर्जरी गरेर ५० वटा चीज निकालेका छन् ।ती मध्ये चाबी , नेलकटर, सिक्का , चिलिमको टुक्रा, काठको माला ,औँठी , पिन , क्लिप आदि थिए । मरीज हाल स्वस्थ छन् । सर्जरी गर्ने विभाग अध्यक्ष डा . डीके शर्माले बताए कि युवकलाई नशालु चिज सेवन गर्ने बानी थियो। उनी रक्सी , चिलिम सहित कैयौँ नशालु चिज प्रयोग गर्थे।
नशामा भएको समयमा उनले सबै कुरा निलेका थिए। १५ दिन पहिला रोगी अस्पताल आएर पेट दुखेको ,उल्टो हुनर खाना खान नसकेको बताएका थिए।
युवकको एक्स-रे गर्दा पेटमा केहि चिज देखिएको थियो। फेरि पेन म्यानेजमेंटद्वारा सीटी स्क्यान पनि गराए। पेटमा निकै धेरै चिज देखियो। इन्डोस्कोपी पछि उनको सर्जरी गरियो। गजेन्द्रको अप्रेशन ९० मिनेटसम्म चल्यो।
डाक्टरको अनुसार धेरै चिजहरु उनको पेटमा थियो भने कुनै उनको ठुलो आन्द्रामा थियो। त्यसैले एउटा शरीरको एक भागमा गजेन्द्रको अल्सर भएको छ। डा.शर्मा बताए कि गजेन्द्र मनोरोगले ग्रसित छन् । यस्तो रोगी भएको मान्छेले जे भेट्यो त्यही खान्छ, जुन खान लायक हुदैन। त्यसैले गजेन्द्रले नेलकटर पनि निल्न सकेको थियो।