भाग्यमानी हुन तपाईसँग के हुनुपर्छ ? भाग्यमानीसँग मात्रै हुन्छन् यी ६ चीज !

काठमाडौँ । दुख सुख मानिसको जीवनमा आउँछ जान्छ । जो सुकै मानिस सधै खुसी रहन सक्दैन् । यस्तै महाभारतमा विदुरले भनका छन् जो मानिसको जीवनमा केही कुराहरु रहेका छन् त्यो व्यक्ति कहिल्यै दुखी हुँदैन् । महाभारतमा भनिएको छ धन, निरोगी शरिर, सुन्दर पत्नी मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्याले मानिसलाई सधै सुखी खुसी बनाएर राख्छ ।

१.धन  : जीवनलाई सोचेजस्तै बनाउनको लागि धनको आवश्यकता पर्छ ।धन भएन भने न त नाम नै रहन्छ न मान सम्मान नै । परिवारको पालन पोषण गर्नको लागि पनि धनकै आवश्यकता पर्छ । शिक्षा प्राप्त गर्न पनि धन नै चाहिन्छ । धन भएन भने कुनै रोगको उपचार हुँदैन् । वृदअवस्थाको साहरा भनेको पनि धन नै हो । त्यसकारण जन्मदेखि मत्युपर्यन्त धनको खाँचो रहिरहन्छ ।

२.निरोगी शरिर : जो व्यक्ति निरोगी छ । उ सधै खुसी हुन्छ । यदि तपाईको शरिरमा रोग लागेको छ भने कुनै काम सजिलै गर्न सक्नु हुन्न । काम गर्न नसक्नु भनेको जीवनका हरेक कुराहरुबाट बञ्चित हुनु हो । साना साना रोगहरु छन भनेपनि जीवन स्वस्थ र सोचेजस्तो हुँदैन् । काम नगरी खान पाइदैन् । कुनै काम गर्नको लागि शरिर स्वस्थ हुनुपर्छ । स्वस्थ जीवन नै एक प्रकारको खुसी जीवन हो । अनि भन्न मिल्छ इश्वरको बरदान हो ।

३सुन्दर पत्नी : महाभारतमा उल्लेख गरिएको छ सुन्दर पत्नी पनि एक प्रकारको सुख हो । घरमा श्रीमती रहेकी छन् भने बाहिर ध्यान जादैन् । घरमा श्रीमतीले गर्ने व्यवहारबाट तनाव मुक्त भएपछि बाहिर सम्बन्ध रहँदैन् । श्रीमतीसँगको राम्रो सम्बन्धले अनेकौँ समस्याबाट बच्न सकिन्छ । घर परिवारको छलफल र सदव्यवहारबाट नै घर परिवार सञ्चालन हुन्छ ।

४.मीठो बोल्ने पत्नी : आफ्नो पत्नी सुन्दर छिन् मिठो बोल्छिनु भने त्यो घर सुनमा सुगन्ध थपिए जतिकै हुन्छ । जीवनको अर्को खुसी भनेको मिठो बोल्ने श्रीमती हुनु हो । श्रीमतीको नम्रतापुर्वक व्यवहारको कारण परिवारका सदस्यलाई खुसी राख्न सकिन्छ । यदि कुनै घरमा मिठो बोल्ने श्रीमती छैन् भने त्यो घर सधै विधिएको हुन्छ । त्यस्तो घरमा शान्ति हुँदैन् । रुष्ट र कर्कशा व्यवहार गर्ने श्रीमती भएको घरले न सुख पाउँछ न इष्टमित्र छिमेकी आउँछन् । नत उनीहरुले सहयोग प्राप्त गर्छन् ।

५.आज्ञाकारी पुत्र : पछिको लागि सन्तान सबैभन्दा ठूलो समस्या बन्न जान्छ । त्यसकारण सन्तानले गलत बाटो लए भने यसको दोष आमाबाबूलाई नै पर्छ । यदि सन्तनलाई राम्रो बाटो लगाइयो उच्च शिक्षा दिनु नै सबैभन्दा ठूलो शिक्षा हो । जसको सन्तान आज्ञाकरी छ उसको जीवन सुखी हुन्छ । जसको सन्तान कुलतमा फसेको छ मुर्ख छ त्यो बाबूआमाको लागि जीवनकै सबैभन्दा ठूलो दुख हो । त्यसकारण सज्जन र आज्ञाकारी सन्तान हुनेले जीवनमा कहिल्यै पनि दुख भोग्नु पर्दैन् ।

६.धन पैदा गर्ने विद्या : पैसा त कमाइन्छ सकिन्छ यो एक नियम नै हो । कुनै व्यक्ति धनवान हुन्छ त्यो मानिस कुनै दिन पैसाकै लागि तड्पी तड्प बसेको हुन्छ । कोही मानिस आफ्नो भएको सम्पत्ति पन अनियन्त्रित खर्च गरेर पैसाको अभावमा तड्पी रहेको हुन्छ । तर जो व्यक्तिसँग पैसा कमाउने ज्ञान छ विद्या छ त्यो कहिल्यै नाश हुँदैन् । उदाहरणको लागि यदि तपाईसँग पैसा छैन कला छ भने त्यसलाई प्रयोग गरेर पनि त पैसा कमाउन सकिन्छ । पैसा भयो भने सम्मानपुर्वक जीवनयापन गर्न सकिन्छ ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४२

सबैको प्रिय हुन्छन् यी दुई राशि, अरुको मनमा सजिलै डेरा जमाउँछन् !