यी ४ राशिका हुन्छन् सबै भन्दा धेरै दुश्मन ! कतै तपाई पो पर्नुभयो की ?

एजेन्सी- जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ। जन्मसमयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्नेगरिन्छ। १२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक-फरक हुन्छ।

मित्र मात्र होइन दुश्मन पनि हरेक व्यक्तिको हुन्छ। फरक यति हो की केहिका धेरै दुश्मन हुन्छन् भने केहिका कम। ज्योतिषशास्त्रलाई आधार मान्ने हो भने निम्न ४ राशि हुनेहरुको सबै भन्दा धेरै दुश्मन हुन्छन्।

मेष राशि

प्राय भाग्यले साथ दिने यस राशि हुनेहरु सजिलै प्रगति गर्छन्। त्यति मात्र नभई सफल हुनको लागि दुखै गर्न पनि पछि हट्दैनन्। अलग सोच र प्रतिभाको कारण मेष राशि हुनेहरुलाई रिस गर्ने धेरै हुन्छन्। मेष राशि हुनेहरुले सफलतामा बाधा उत्पन्न गराउन खोज्ने देखि प्राय सचेत रहनु पर्ने हुन्छ।

कर्कट राशि

व्यवहारको कुरा गर्नुपर्दा कर्कट राशि हुनेहरु खुला दिलका हुन्छन्। मनमा लागेको कुरा मनमै लुकाउने भन्दा पनि फ्याट्ट भन्ने यिन्को बानि हुन्छ। यहि बानिको कारण कर्कट राशि हुनेहरुको धेरै दुश्मन हुन्छन्। यति मात्र नभई केहि मात्रामा रिसाहा हुनाले पनि कर्कट राशि हुनेहरुले छिट्टै दुश्मन कमाउँछन्।

मकर राशि

जस्तो सुकै परिस्थितिमा पनि नझुक्ने प्रवृतिको कारण यस राशि हुनेहरु हत्त-पत्त झुक्दैनन्। यहि कारणले गर्दै मकर राशि हुनेहरुका पनि धेरै दुश्मन हुन्छन्। कतै गलत भएको देख्न नसक्ने हुँदा पनि मकर राशिका दुश्मन धेरै हुन्छन्। तर मकर राशि हुनेहरु दुश्मनीको कारण विचल्लित भने कहिले पनि हुँदैनन्।

वृश्चिक राशि

बोल्ने काममा अनियन्त्रित मानिने वृश्चिक राशि हुनेहरु परिस्थितिको विचार गर्दैनन्। यहि कारणले गर्दा वृश्चिक राशि हुनेहरुको धेरै दुश्मन हुन्छन्। त्यति मात्र नभई कहिले काहीं अरुलाई दबाउन खोज्ने बानिको कारण पनि वृश्चिक राशि हुनेहरुका धेरै दुश्मन हुन्छन्।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४७

यी महिनामा विवाह गर्ने दम्पतीको कहिले पनि टुट्दैन सम्बन्ध, जीवनभर रहन्छन् सुखी र खुशी !