राशि अनुसार घरको यो दिशामा धन राख्दा हुन्छ नसोचेको तरिकाले हुन्छ धनको वर्षात !

एजेन्सी : हरेक व्यक्तिको जीवनमा जन्म बार र राशीले ठूलो प्रभाव पार्ने गर्छ। जन्मेको बार र राशिले उनीहरुको स्वभाव र भविष्य समेत बताउने गर्छ। त्यसैगरी तपाईको जागिर वा व्यापारमा समेत राशी र जन्म बारको ठूलो प्रभाव पर्ने गर्छ। ज्योतिष शास्त्र अनुसार कुनै पनि कार्य नोकरी वा व्यापार सुरु गर्दा आफू जन्मेको बार र राशीमा समेत ध्यान पुर्याउन आवश्यक हुन्छ।

त्यसैगरि कुनैपनि व्यक्तिले आफ्नो जागिर वा व्यापारबाट कमाएको रकम घरको निश्चित दिशा वा स्थानमा राख्नुपर्छ अन्यथा कमाई भन्दा बढी अनावश्यक खर्च हुने गर्दछ। आज हामी तपाईलाई कुन राशीका व्यक्तिले कस्तो स्थानमा धन जम्मा गर्नु फलदायी हुनेछ भन्ने विषयमा बताउन जाँदै छौँ।

मेष राशी : मेष राशी हुने व्यक्तिहरुले घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । आफूले संचय गरेको पैसा बिहानको समयमा कसैलाई दिनु भुल हुनेगर्छ।

वृष राशी : यस राशी भएका व्यक्तिहरुले आफ्नो जागिर वा व्यापारबाट जम्मा भएको धन घरको पूर्व दिशामा राख्नु फलदायी हुन्छ। उनीहरुले यसको लेनदेन गर्नुपर्दा बिहानको समयमा गर्नु उत्तम हुनेगर्छ।

मिथुन राशी : मिथुन राशी हुने मानिसहरुले घरको उत्तर दिशामा धन राख्नुहोस् । तामाको केहि बस्तुहरु धन भएको ठाउँमा राख्नुहोस् र मंगलबार धनको लेनदेन नगर्नुस् ।

कर्कट राशीः यस राशिले घरको पूर्व–दक्षिण दिशामा धन राख्नु राम्रो हुन्छ । धन राखेको ठाउँको चाँदीको केहि वस्तु राखिदिनुहोस् । धन राखेको ठाउँमा कुनैपनि कालो सामान नराख्नुहोस् ।

सिंह राशीः  सिंह राशी भएका व्यक्तिले घरको पूर्व दिशा छेउमा धन राख्ने ठाउँ बनाउनुहोस् । धन राखेको ठाउँमा काँसको केहि वस्तु राख्नुहोस् ।

कन्या राशीः यस राशीका मानिसहरुले घरको दक्षिण–पश्चिम दिशामा धन राख्नु उत्तम हुन्छ । उक्त स्थानमा कोही चाँदी वा जस्ताको वस्तु राख्नुहोस् ।

तुला राशीः तुला राशी हुने व्यक्तिहरुले घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउनुहोस् । धन राखेका स्थानमा रातो कपडा वा तामाको कुनै वस्तु नबिर्सिएर राख्नुहोस् ।

वृश्चिक राशीः घरको उत्तर–पश्चिम दिशामा धन राख्नुहोस् । सो ठाउँमा हरियो कपडाले बेरेर हरियो खानेसुप राखिदिनुस् र यो सुपलाई हरेक महिना परिवर्तन गरिदिनुस् ।

धनु राशीः यस राशिका लागि धन राख्ने ठाउँ घरको दक्षिण–पूर्व दिशामा भए एकदमै राम्रो हुन्छ । धन राखेको ठाउँ सेतो कपडाले बाँधेर एउटा चाँदीको सिक्का राख्नुहोस् ।

मकर राशीः मकर राशिका व्यक्तिहरुले धन राख्ने ठाउँ उत्तर दिशामा बनाउनुहोस् । धन राख्ने स्थानमा कुबेरका सानो तस्बिर राख्नुहोस् । धन राखेको ठाउँमा भुलेर पनि सुन नराख्नुहोस् ।

कुम्भ राशीः यस राशिका मानिसहरुले धन राख्ने स्थान पूर्व दिशामा भएको उत्तम हुन्छ । उक्त ठाउँमा पहेँलो कपडामा सुन वा पित्तलका कुनै वस्तु राख्नुहोस् । बिहानको समयमा भन्दा पनि साँझमा धनको लेनदेन गर्नु फलदायी हुनेछ।

मीन राशीः मीन राशीका मानिसहरुले घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । सो स्थानमा फलामको केही वस्तु वा फलामको सिक्का राख्नुपर्छ

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४९

बुहारी भनेपछि मरिहत्ते गर्छन् यी ३ अक्षरबाट नाम शुरु हुने सासूहरु !