बुहारी भनेपछि मरिहत्ते गर्छन् यी ३ अक्षरबाट नाम शुरु हुने सासूहरु !

एजेन्सी- सामान्य रुपमा, कुनै पनि घरमा सासु बुहारीको सम्बन्ध खासै राम्रो भएको देख्न सकिदैन। बिवाह पश्चात कुनै पनि बुहारीले त्यस घरमा छोरिको स्थान पाउन नसक्दा सासु बुहारी बीच सुमधुर सम्बन्ध रहेको कमै देखिन्छ। यसकारण उनीहरु बीच विचारमा समानता नहुनाले एक अर्कामा नजिक रहन सक्दैनन्। सासु-बुहारी बीचको सम्बन्ध हरेक घरमा नराम्रोनै रहन्छ भन्ने हुँदैन। केही घरमा यी दुई बीच धेरै राम्रो सम्बन्ध समेत हुन्छ जहाँ बुहारीले आफ्नो आमाको भन्दा बढी माया पाउन सक्छिन।


कुनै पनि घरमा राम्रो र मायालु वातावरण निर्माण गर्नका लागि महिलाहरुको भूमिका उच्च रहने गर्छ। यसैगरि सासु-बुहारी बीच राम्रो सम्बन्ध भएको घर सधैंब सुखी र खुशी रहन सक्छ। बुहारीलाई छोरी समान व्यबहार गर्ने सासुले आफ्नो घरका प्रत्येक सदस्यलाई एकजुट बनाउन सफल हुन्छन। आज हामी तपाईहरुलाई केही यस्ता अक्षरबाट नाम आउने महिलाहरुको बारेमा बताउन जाँदै छौँ जसले जीवनमा आफ्ना बुहारीलाई धेरै माया दिनुको साथै सासुको राम्रो भूमिका निर्वाह गर्न सफल हुन्छन।

“H” बाट नाम आउने महिला


अंग्रेजी वर्णमाला अनुसार “H” बाट नाम सुरु हुने महिलाहरु आफ्नो बुहारीलाई धेरै सम्मान गर्ने गर्छन। उनीहरु आफ्ना बुहारीलाई घरको लक्ष्मीको रुपमा हर्ने गर्छन जसले गर्दा यी दुई बीच राम्रो सम्बन्ध रहने गर्छ। यो अक्षरबाट नाम सुरुहुने सासुहरु आफ्ना बुहारीको मुहारमा सधैंब खुशी देख्न चाहने हुँदा उनीहरु बीच पास्परिक सम्बन्ध समेत बलियो रहने गर्छ। यस्ता विचार राख्ने सासुहरु आफ्ना बुहारीलाई समेत छोरी बराबर माया दिनुका साथै हरेक कुराहरुमा छोरीको स्थानमा हेर्ने गर्छन।

“N” बाट नाम आउने महिला

“N” बाट नाम सुरुहुने महिलाहरु धेरै दयालु स्वभावका हुने गर्छन। यिनीहरु आफ्ना बुहारीलाई हरेक काममा सहयोग गर्नुका साथै छोरीको बराबर माया दिने गर्छन। यो अक्षरबाट नाम सुरुहुने सासुहरु आफ्ना बुहरुलाई जीवनका हरेक परिस्थितिमा साथ नछोडी अगाडी बढ्न हौसला समेत दिने गर्छन।

“T” बाट नाम आउने महिला


अंग्रेजी वर्णमाला अनुसार “T” बाट नाम सुरुहुने महिलाहरु धेरै सफा दिलका साथै शान्त स्वोभावका हुन्छन। उनीहरु सकेसम्म झैँझगडा वा लडाईदेखि टाढानै रहने गर्छन। यो अक्षरबाट नाम सुरुहुने महिलाहरु आफ्ना बुहारीका लागि नोकरको भूमिका निर्वाह गर्न समेत पछि पर्दैनन्। उनीहरु बुहारीलाई आफ्ना छोरीको भन्दा केहि कुराहरुमा कमी नगर्ने हुँदा यी दुई बीच जीवनभर राम्रो सम्बन्ध रहने गर्छ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:५०

ज्यादै बाठा हुन्छन् यी राशि हुनेहरु ! हेर्नुस् कुन राशि कति बुद्धिमान ?