“भिलेन” बन्न आज सम्म पनि तयार भएनन् यी ३ बलिउड स्टार, जहिले बने नायक मात्रै !

एजेन्सी – हरेक चलचित्रमा सकारात्मक र नकारात्मक पात्रहरु हुन्छन्। सकारात्मक होस् अथवा नकारात्मक, कलाकारहरु आफूले निभाउने भूमिकामा उत्कृष्ट रहोस् भन्ने चाहन्छन्।

तर धेरै जस्तो कलाकारहरु सकेसम्म सकारात्मक पात्रको रुपमा नै देखिन रिचाउँछन्। नकारात्मक पात्रको रुपमा देखिँदा आफ्नो लोकप्रियता घट्ने कलाकारहरुको बुझाइ हुने गर्छ।

यस्तैमा अहिले सम्म भिलेनको रुपमा कहिले पनि नदेखिएका बलिउड नायकहरु निम्न छन्।

सलमान खान

धेरै समय देखि बलिउडमा सक्रिय रहेका सलमान खान अहिले सम्म पनि खलनायकको रुपमा देखिएका छैनन्। एक्शन, प्रेम देखि अन्य विभिन्न प्रकारका चलचित्रमा काम गरिसकेका सलमानलाई अहिले सम्म खलनायकको रुपमा देख्न पाइएको छैन।

शाहिद कपूर

शाहिद पनि धेरै पूराना नायक हुन्। अहिले सम्म उनले अनेक प्रकारका चलचित्रहरुमा काम गरिसके। प्राय फरक भूमिकामा देखिन रुचाउने शाहिद खलनायकको भूमिका भने अहिले सम्म निभाएका छैनन्। चलचित्र कमीने र हैदरमा नकारात्मक जस्तै देखिने भूमिकामा देखिएको भएता पनि शाहिद ती चलचित्रका खलनायक थिएनन्।

सनी देओल

कुनै एक समयमा सनी देओलको बलिउडमा राज थियो, एक्शन चलचित्रमा उनकै पकड थियो। विभिन्न प्रकारका भूमिका निभाइसकेका सनीले अहिले सम्म पनि खलनायकको भूमिका निभाएका छैनन्।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:५३

ज्यादै सुन्दर रहिछिन् प्रेम गीत-३ मा प्रदिप खड्काकी “गीत” बन्न लागेकी कृष्टिना [तस्विर सहित]