एम्बुलेन्सले नै पूरा गर्नेछ वृद्दहरुको अन्तिम ईच्छा, घुमाउने देखि आइसक्रिम खुवाउने सम्म…

अस्ट्रेलियामा गम्भीर बिरामीमा परेको वृद्दहरुको अन्तिम इच्छा पूरा गरिन्छ । त्यसको लागि एक एम्बुलेन्स  चलाईनेछ। वृद्दको ईच्छा अनुसार उनीहरुलाई बाहिर हिडाउने, पाल्तु  जानवर वा  बच्चा, नाति-नातिनीलाई भेटाउने आदि गरिन्छ ।  वृद्दले कुनै पनि कुराको ईच्छा गर्यो भने पूरा गरिन्छ।

वास्तवमा अस्ट्रेलियामा अघिल्लो दिन एक महिलालाई अस्पतालमा लाने क्रममा समुन्द्रमा लगिएको थियो। उनलाई  आइसक्रिम पनि खुवाईएको थियो। केहि समयपछि डाक्टरले महिलाको  फोटो सोशल मिडियामा  अपलोड गरेका थिए। क्विन्सल्यान्डको स्वास्थ्य मन्त्री  स्टीवन माइल्सले यसलाई हेरे ।उनले यो पहलको सराहना गरे । साथै उनले यही हप्ता वृद्दको अन्तिम ईच्छा पुरा गर्नको लागि  एम्बुलेन्स  चलाउने  घोषणा गरे।

स्टीवन माइल्सले भने , “मान्छेको अन्तिम ईच्छा पुरा गर्नु चुनौतीपूर्ण हुन्छ । किनकी त्यो स्थितिमा तपाई यस्तो व्यक्तिलाई सम्हालिरहेको हुन्छ जो न चल्न सक्छ न बोल्न । यहाँ सम्म कि उनीहरुलाई अक्सीजनको पनि जरुरी हुन्छ। अस्ट्रेलियाको यो कदम  नेदरल्यान्डमा चलाईएको  कार्यक्रममा  आधारित छ।”

प्रकाशित : आइतबार, साउन १२, २०७६११:०१

अरुका श्रीमतीसँग विवाह गर्ने ५ चर्चित बलिउड अभिनेताहरु यी हुन् !