भारतको कट्टर शत्रु पाकिस्तानसँग गहिरो सम्बन्ध भएका बलिउडका चर्चित सुपरस्टार यी हुन् !

काठमाडौँ। भारतीय चलचित्र क्षेत्र(बलिउड)मा धेरै यस्ता कलाकारहरु छन् जसका भारत सँगै पाकिस्तानमा पनि कुनै न कुनै सम्बन्ध छ। त्यस सूचीमा बलिउडका थुप्रै नामी सितारा र सुपरस्टारहरु पनि समावेश हुन्छन। आज हामी तपाईलाई केही यस्ता सेलिब्रेटीहरुका बारेमा बताउनेछौँ जो शायद कहिल्यै पनि पाकिस्तान गएका छैनन् होला तर उनका पाकिस्तानसँग निश्चित रुपमा गहिरो सम्बन्ध छ।

• शाहरुख खान:

बलिउडको रोमान्स किंग शाहरुख खानको सम्बन्ध पनि पाकिस्तानसँग रहेको छ। शाहरुखका पिता मीर ताज मोहम्मद खान पाकिस्तानको पेशावरमा एक भारतीय स्वतन्त्र कार्यकर्ता थिए। शाहरुखका हजुरबुबा जान मोहम्मद पनि अफगानिस्तानको पठान थिए।

• ऋतिक रोशन:

बलिउडको ह्यान्डसम अभिनेता ऋतिक रोशन र उनको परिवारको पनि पाकिस्तानसँग गहिरो नातासम्बन्ध रहेको छ। ऋतिक रोशनका मामाघर पट्टिका हजुरबाबा ओम प्रकाश पाकिस्तानको लाहौरसँग सम्बन्ध राख्छन। यति मात्र नभई ऋतिकको आफ्नै हजुरबुबा रोशनलाल नागरथ गुजरन्वाला पनि पञ्जाब, पाकिस्तानबाट हुन्।

• अमिताभ बच्चन:

बलिउडको महानायक अमिताभ बच्चनको पनि पाकिस्तानसँग गहिरो नाता रहेको छ। अमिताभकी आमा यानी तेजी बच्चन पाकिस्तानकी थिईन। उनको जन्म पाकिस्तानको फैसलाबादमा भएको थियो। यति मात्र नभई उनी लाहौरको खूबचन्द डिग्री कलेजमा साइकोलोजीको शिक्षिका पनि थिईन।

• सञ्जय दत्त:

अभिनेता सञ्जय दत्तको पति पाकिस्तानसँग नाता रहेको छ। सञ्जय दत्तका पिता सुनील दत्त पाकिस्तानको झेलममा जन्मिएका थिए। जब सुनील १८ वर्षका थिए तब हिन्दुस्तान र पाकिस्तान विभाजित भयो।

• विनोद खन्ना:

बलिउडको दिवंगत अभिनेता विनोद खन्नाको पनि जन्म पाकिस्तानको पेशावरमा भएको थियो। यद्यपि विनोद खन्नाको जन्म पछि उनका परिवार मुम्बई बसाई सरे।

• प्रेम चोपडा:

बलिउडको प्रसिद्ध खलनायक प्रेम चोपडाले आफ्नो जीवनका धेरै वर्ष पाकिस्तानमा बिताए। यथार्थमा प्रेम चोपडाको जन्म पाकिस्तानको लाहौरमा भएको थियो। उनले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरेका थिए। त्यस पछि मुम्बई आएका थिए।

• दिलीप कुमार:

ट्राजेडी किंगको नामले प्रसिद्ध अभिनेता दिलीप कुमारको जन्म पनि पाकिस्तानको पेशावरमा भएको थियो। उनका परिवार सन् १९३० मा मुम्बई सरेका थिए। त्यस पछि उनले काम गर्न सुरु गरेका थिए।

• गुलजार:

बलिउडको प्रसिद्ध गीतकार, निर्देशक गुलजारको जन्म पाकिस्तानमा दिनामा भएको थियो। पछि उनका परिवार बिस्तारै मुम्बईमा आएर बस्न थाले। (एजेन्सी)

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:५८

यी ५ बलिउड स्टारले आफ्नो अन्तिम चलचित्र देख्नै पाएनन्, रिलिज नहुँदै छाडे संसार !