यी ५ बलिउड स्टारले आफ्नो अन्तिम चलचित्र देख्नै पाएनन्, रिलिज नहुँदै छाडे संसार !

एजेन्सी – जन्मिएपछि हरेक व्यक्तिको मृत्यु निश्चित छ । प्राणी होस् अथवा वनस्पति, सम्पूर्णको अन्त्य अवश्य भएरै छाड्छ। फरक यति हो की केहिको ढिला मृत्यु हुन्छ त केहिको छिट्टै।

कोहि पनि आफ्नो मृत्यु बारे विज्ञ हुँदैनन्। यदि मृत्यु बारे पहिला नै थाहा हुन्थ्यो त मानिसहरु आफ्नो हरेक इच्छा पूरा गर्थे होलान्। मृत्युको ठेगान नै नहुनाले धेरैका इच्छा र योजनाहरु मृत्यु पछि अधुरै रहन्छन्।

बलिउड विश्वकै चर्चित चलचित्र उद्योग हो। यहाँ कलाकारहरु आफ्नो अन्तिम साँस सम्म पनि अभिनयमै व्यस्त हुन्छन्। बलिउडमा केहि कलाकारहरु आफ्नो अन्तिम चलचित्र हेर्नै नपाई संसारबाट बिदा भएका उदाहरणहरु पनि छन्। आफ्नो अन्तिम चलचित्र हेर्न नपाएका केहि बलिउड कलाकार निम्न छन्।

श्रीदेवी

श्रीदेवीको निधन भएको धेरै भएको छैन। गत वर्ष मात्रै श्रीदेवी दुबईको एक होटलमा मृत फेला परेकी थिइन्। श्रीदेवीले शाहरुख खानको चलचित्र “जीरो”मा सानो भूमिका निभाएकी थिइन्। तर यस चलचित्र हेर्न नपाउँदै श्रीदेवीको संसार छाडेकी थिइन्।

दिव्या भारती

सानै उमेरमा बलिउडमा आफूलाई स्थापित गराउन सफल दिव्या भारतीले कयौं हिट चलचित्र दिएकी छन्। दिव्याको बलिउड यात्रा धेरै छोटो रह्यो। सन् १९९३ मा एक भवनबाट खसेर दिव्याको निधन भएको थियो। दिव्या बितेको ९ महिना पछि उनको अन्तिम चलचित्र ‘शतरंज’ रिलीज भएको थियो।

राजेश खन्ना

बलिउडका लामो समय सम्म राज गरेका राजेशले टन्नै हिट चलचित्रमा काम गरेका थिए। फिल्म ‘आनंद’ मा क्यान्सर पिडित बनेर अभिनय गरेका राजेशलाई वास्तविक्तामै क्यान्सर भएको थियो। उपचारको क्रममा सन् २०१२ मा उनले प्राण त्यागेका थिए। निधन भएको २ वर्ष पछि उनको अन्तिम चलचित्र ‘सियासत’ रिलिज भएको थियो।

ओम पूरी

ओम पूरी अन्तिम पटक चलचित्र “द गाजी अटैक” मा देखिएका थिए। यस चलचित्र सन् २०१७ मा रिलिज भएको थियो। तर चलचित्र रिलिज हुनुभन्दा अगाडी नै ओम पूरीले सन् २०१७ मा नै संसार छाडेका थिए।

फारूख शेख

कुनै समयमा चर्चित रहेका फारूख शेखले कयौं चलचित्रमा काम गरेका छन्। सन् २०१३ मा फारूख शेखको हृदयघातको कारण मृत्यु भएको थियो। फारूखले संसार छाडेपछि पनि उनले अभिनय गरेको चलचित्रहरु रिलिज भएका थिए।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:००

एम्बुलेन्सले नै पूरा गर्नेछ वृद्दहरुको अन्तिम ईच्छा, घुमाउने देखि आइसक्रिम खुवाउने सम्म…