अरुका श्रीमतीसँग विवाह गर्ने ५ चर्चित बलिउड अभिनेताहरु यी हुन् !

पछिल्लो समयमा फिल्मी क्षेत्रमा लागेकाको प्रेमको विषयमा धेरैनै चियोचर्चा गरिन थालिएको छ। परस्त्रीसगँको सम्बन्धको बारे धेरै फिल्मले स्थान पाउने गर्दछ । घरमा श्रीमती हुदाँ हुदै परस्त्रीसगँ सम्बन्ध गाँस्नुलाई नाजायत भनिएपनि केहि नायकहरुले अर्काको श्रीमतीसगँ सम्बन्ध बढाएको खबर सुन्न पाइन्छ ।

बलिउडमा केहि यस्ता नायक, नायिका रहेका छन् जसले रिलमा मात्र होइन रियल लाइफमा अर्काको श्रीमतीलाई आफ्नो बनाएको देख्न सकिन्छ । यीनैहुन् परस्त्रीसगँ सम्बन्ध जोड्ने बलिउडका कलाकारहरु ।

१.सञ्जय दत्त

मान्यताले पहिले मिराज उर रहमान शेखसगँ विवाह गरेकी थिइन् । शेखले खुःसी दिन नसकेको भन्ने मान्यताले सञ्जय दत्त सगँ बिहे गरेकी हुन् । सञ्जय र मान्यताको विवाह हुदाँ उनीहरु दुई बीचको सम्बन्ध बिच्छेद भएको भने थिएन ।
यहि कारणले गर्दा सञ्जय र मान्यताको विवाह अबैध मानियो तर अदालतले सञ्जय र मान्यताको विवाहलाई बैधानिकता दिएको छ ।

२.अनुपम खेर

किरणले पहिलो विवाह मुम्वईका व्यबसायी गौतमसगँ गरेका थिए । यी दुई बिचको सम्बन्ध धेरै समय टिक्न सकेन । विवाह गरेको करिब १ वर्षमा उनीहरुले सम्बन्ध बिच्छेद गरेका थिए ।
त्यसपछि किरणले थेइटरमा काम गर्दा साथी बनेकी अनुपमसगँ विवाह गरेर एक सन्तान पनि अपनाए । उनीहरुको वैवाहिक सम्बन्ध फिल्मी शैलीको छ, भन्दा फरक पदैन् ।

३.मिथुन चक्रवर्ती

मिथुन चक्रबर्ती एक डिस्को डान्सर हुन् । उनले किशोर कुमारको तेस्री श्रीमतीसगँ बिहे गरेका हुन् । सन् १९७६ मा किशोर र योगीको विवाह भएको थियो भने उनीहरु दुई वर्षमा अलग भएका थिए ।
त्यसपछि १९८९मा योगीता र मिथुनको विवाह भएको हो ।

४.गुलजार

बंगाली फिल्म निर्देशक अजय विश्वाससगँ राखीले पहिलो विवाह गरेकी थिइन् । उनीहरुको दाम्पत्य जीवन सफल नभएपछि अलग रहे ।
अलगपछि राखीले दोस्रो विवाह गुलजारसगँ गरिन् । यी दुई बिच पनि बैबाहिक जीवन सफल भएन । उनीहरु विवाह गरेको २ वर्षमा अलग भए ।

५.समीर सोनी
समीर सोनीले मोडल राज्यलक्ष्मी खनबिलासगँ बिबाह गरेका थिए । विबाह गरेको करिब ६ महिनामै उनीहरुले सम्बन्ध टोडे । यसपछि समीरले निलम कोठरीसगँ बिबाह गरे । उनीहरुको वैवाहिक जीवन पनि लामो समयसम्म भने टिक्न सकेन ।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:०२

डेव्युमा फ्लप भएका यी दक्षिण भारतीय नायिका छन् अहिले सबै भन्दा “हिट”