यी बलिउड नायिकाको “डिम्पल” मा फिदा छ पूरै विश्व, नम्बर ३ मा रहेकी नायिकाको डिम्पल छ “बेस्ट”

एजेन्सी – बलिउड सुन्दर नायिकाले भरीपूर्ण छ। बलिउडमा रहेका गरेक नायिकाहरुको आफ्ना-आफ्नै छुट्टै विशेषता छन्। कोहि सुन्दरताको कारण चर्चामा हुन्छन् त कोहि अभिनयको कारण ।

तर केहि नायिकाहरु भने गालामा बान्ने डिम्पलको कारण चर्चामा हुने गर्छन्। डिम्पल जुन मानिसका गालामा बन्छ, जसले सुन्दरतामा चार चाँद लगाउने काम गर्छ।

विश्वका ८० प्रतिशत मानिसका गालामा डिम्पल हुँदैन जबकि २० प्रतिशतका गालामा मात्र डिम्पल देखिन्छ। यहि २० प्रतिशत भित्र पर्ने बलिउड नायिकाहरु निम्न छन्।

प्रीति जिन्टा

प्रीतिलाई बलिउडमा “डिंपल गर्ल” को नामबाट परिचित अभिनय, सुन्दरता सँग-सँगै डिम्पलको कारण चिनिन्छिन्। प्रीतिको डिम्पल प्रति करोडौ फिदा छन्। अहिले सक्रिय अभिनय देखि केहि टाढा रहेतापनि प्रीतिको डिम्पलको भने अझै चर्चा हुन्छ।

दीपिका पादुकोण

बलिउडमा चलचित्र “ओम शान्ति ओम” बाट डेब्यु गरेकी दीपिकाले हलिउड सम्मको यात्रा तय गरिसकिन्। बलिउडमा जस्तै हलिउडमा पनि उनले राम्रो छाप छाडिन्। दीपिका पनि डिम्पलको कारण चर्चाको विषय बन्ने गरेकी छिन्। दीपिकाको गालामा बन्ने डिम्पलले सुन्दरतामा बढाउने काम गरेको छ।

आलिया भट्ट

छोटो समयमै बलिउडमा स्थापित हुन सकेकी आलिया हरेक प्रकारका भूमिका निभाउँदै आएकी छन्। अभिनयको अलावा सुन्दरताको विषयलाई केन्द्रविन्दु बनाएर पनि आलियाको चर्चा हुने गर्छन्। आलियाको गालामा पर्ने डिम्पलको पनि कयौं प्रशंसक छन्।

बिपाशा बसु

बांगली सुन्दरी बिपाशा बोल्डनेसको कारण अत्याधिक चर्चामा रहने गर्छिन्। लामो समय देखि अभिनयमा सक्रिय रहेकी बिपाशाले अहिले सम्म कयौं हिट चलचित्र दिसकिन्। बिपाशाको डिम्पलको पनि चर्चा हुने गरेको छ। “बलिउड डिम्पल ग्रुप” भित्र बिपाशाको पनि नाम अग्र स्थानमा पर्छ।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:०५

बलिउडमा फ्लप भएपछि धनाड्यहरुसँग विवाह गरी भाग्य चम्काएका यी ५ नायिकाको सम्पति कति ?