नियमित रुपमा नरिवलको तेल सेवन गर्नाले हुनेछ नसोचेको लाभ , हेर्नुहोस !

Coconut oil with fresh coconut half on wooden background

आजकल सबैजना सुखी र स्वस्थ जीवनयापन गर्न चाहन्छन। स्वास्थ्य राम्रो बनाई राख्नका लागि खानपानमा  बिशेष ध्यान दिनुपर्छ। त्यसैले आफुले दैनिक खाने  खानामा पौष्टिक तत्वयुक्त खाना खाने गर्नाले  लामो समयसम्म स्वस्थ रहन सकिन्छ। दिनहु खानामा नरिवलको तेल मिसाएर खानुलाई लाभदायक मान्ने गरिन्छ। नरिवलको तेल कपालको वृद्धि विकासका लागि उपयोगी छ। तर स्वास्थ्यका सन्दर्भमा भने खानामा यसको प्रयोगले कतिको फाइदा पुर्याउछ त आउनुहोस एकै छिन चर्चा गरौँ।

१.   नरिवलको तेलबाट बनेको खाना खानाले मेटाबोलिज्म बलियो हुन्छ। मेटाबोलिज्मले शरीरमा सहि तरिकाले काम गरेको खण्डमा यसले शरीरको अनावश्यक मोटोपनलाई नियन्त्रण गर्न मदत गर्दछ। पेटसंग सम्बन्धित समस्या भएकाहरुका लागि पनि नरिवलको तेलको सेवन अति नै लाभदायी रहेको छ।

२. दैनिक खाने खानामा नरिवलको तेल समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमतासंग लड्न मदत गर्दछ। जसले पेटमा भएका हानिकारक  किटाणुहरुबाट सुरक्षा दिन्छ र पाचन सम्बन्धि सम्पूर्ण समस्याहरूको समाधानमा सहयोग समेत पुर्याउछ।

३. मुटुसंग सम्बन्धित बिरामीहरुका लागि पनि यसले बिशेष प्रकारको भूमिका निर्वाह गर्दछ। नरिवलको तेलमा पाइने लारिक एसिडले शरीरमा कोलेस्टोरेलको मात्रामा वृद्धि गरि मुटुलाई तन्दुरुस्त बनाईराख्नमा सहयोग गर्दछ।

४. नरिवलको तेलमा बनेको खाना खानाले हड्डी तथा दाँत बलियो हुन्छ।अझ भन्ने हो भने यसमा पाइने म्याग्नेसियम र क्याल्सियमले शरीरको उपयुक्त ढंगबाट सुरक्षा गर्न मदत गर्दछ।

५. नरिवलको तेलमा एन्टी ब्याक्टेरियल , एन्टी भाइरल, तथा एन्टीमाईक्रोबियल तत्वहरु प्रसस्त मात्रामा पाइन्छ। यसमा पाईने यी अनेक गुणहरुले शरीरमा भएका अनावश्यक ब्याक्टेरियाहरूलाई नष्ट गरि विभिन्न रोगहरु लाग्नबाट बचाउछ।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:२१

डेंगु भएको समयमा नखानुस यी चिजहरु, निको हुनमा लाग्न सक्छ समय !