मध्यपान गर्न कार्ड, पाहुनाले पनि कार्ड बनाउनु पर्ने !

काठमाडौँ : मदिरापान गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर समाजमा विकृति कम गर्ने उदेश्यले बाजुराको गौमूल गाउँपालिकाले म-दि-रा कार्ड बनाएर वितरण गरेको छ ।

दिनदहाडै मध्यपान गरेर सार्वजनिक स्थानमा होहल्ला गर्दै हिँड्ने व्यक्तिको संख्या बढेपछि समाजमा नकारात्मक असर परेको निस्कर्ष निकालेको सुदुरपश्चिम प्रदेशस्थित बाजुराको उक्त  गाउँपालिकाले म-दि-रा सेवन कार्ड बनाएको हो ।

उनका अनुसार गाउँपालिकाले निश्चित पसललाई बेलुकी ६ देखि ९ बजेसम्म म-दि-रा विक्री गर्ने अनुमति दिई उपभोग गर्नेलाई कार्ड अनिवार्य गरेको छ । १८ वर्ष मुनिकालाई मदिरा किनबेचमा रोक लगाएको गाउँपालिकाले कार्ड बिना म-दि-रा सेवन गर्ने जो सुकैलाई पहिलो पटक २ हजार जरिवाना तोकेको छ ।

कार्ड बिना मध्यपान गर्ने व्यक्तिहरु बाट गत वर्ष १ लाख भन्दा बढी जरिवाना संकलन भएको गाउँपालिका प्रमुख रोकायाले बताए । गाउँपालिकाको नियम अनुसार दैनिक एकजना व्यक्तिले एक बोतल बियर वा १८० मिलिलिटर सम्म मात्र म  दिरा सेवन गर्न पाउँछ । अन्य स्थानबाट पाहुना आएका व्यक्तिले अथिति म-दि-रा सेवन कार्ड बनाउन २०० सय रुपैंया तिर्नुपर्छ भने स्थानीयका लागि ५०० रुपैंयामा कार्ड बनाउने र नवीकरण शुक्ल हरेक वर्ष  ५०० लाग्ने बताइएको छ ।

म-दि-रा सेवन गर्न तोकिएको पसलमा पुग्ने व्यक्तिको कार्डमा उसले प्रयोग गरेको मध्यपानको मात्रा उल्लेख गर्नपर्ने व्यवस्था गरिएको  गाउँपालिकाले जनाएको छ । यस्तो नियम लागू भएसँगै उक्त गाउँपालिकामा घरेलु म-दि-रा समेत कम मात्रामा उपभोग हुने गरेको छ भने सार्वजनिक स्थानमा होहल्ला समेत कम भएको छ ।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:४१

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठ बालाजुको सपिङ मलबाट खसे , गयो ज्यान …