बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठ बालाजुको सपिङ मलबाट खसे , गयो ज्यान …

काठमाडौँ : बालुवाटार जग्गा प्रकरणमा मुछिएका एकजनाको मृत्यु भएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका नेपाली कांग्रेस पर्वत जिल्ला सचिव ५४ वर्षीय युक्तप्रसाद श्रेष्ठको बालाजुको माछापोखरीस्थित एक सपिङ मलबाट खसेर ज्यान गएको हो ।

आइतबार दिउँसो करिब १ बजे सपिङ मलबाट खसेका श्रेष्ठको खसेको वा हाम फलेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रहरीले उक्त घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:५१

वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढ्यो – राजपा नेता