इन्डोनेशियाको बालीमा भारतीय पर्यटकहरूले एक लज्जास्पद कार्य गरेका छन् । पारिवारिक भ्रमणमा बालि पुगेका भारतीय परिवारले आफु बसेको होटलको कोठाबाट सामान चोरी गरेपछि उनीहरु लज्जास्पद बनेका हुन् । होटलको कोठाबाट सामान चोरेपछि होटलका एक कर्मचारीले रिजोर्ट बाहिर गाडीमा राखिएको उनीहरुको झोला खानतलासी गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । हेमन्त नामका एक व्यक्तिले यो भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेका हुन् ।
This family was caught stealing hotel accessories. Such an embarrassment for India.
Each of us carrying an #IndianPassport must remember that we are ambassadors of the nation and behave accordingly.
India must start cancelling passports of people who erode our credibility. pic.twitter.com/unY7DqWoSr
— Hemanth (@hemanthpmc) July 27, 2019
२ मिनेट २० सेकेन्डको भिडियोमा कोठाबाट चोरेका सबै सामानमा टावेल, सजावटका सामान र अन्य कुरा देखिन्छ । भारतीय परिवारले चोरेको सबै सामान कर्मचारीले झोलाबाट निकाल्छन् । भिडियोमा एक पुरुषले भने आफुहरुलाई छाड्दिनुस, र यस बराबर जत्तिसुकै पैसा मागेपनि दिने बताएका छन् । साथै एक महिलाले आफुहरु पारिवारिक भ्रमणमा आएको र एकपटकलाई माफी दिनुस भनेकी छिन् ।
एक पुरुषले हात जोड्दै माफी पनि मागेका छन्। तर होटल कर्मचारीले पैसा लिन मान्दैनन् । धेरैले यो घटना लज्जास्पद भएको बताएका छन् ।