भोलि साउनको दोस्रो सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको १३ गते सोमवार इश्वी संवत २०१९ जुलाई २९ तारिख, काठमाडौंमा सूर्योदय– ५:२६  बजे, सूर्यास्त– १८:५३  बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

नयाँ कामो हात लागि भएर जानेछ। धार्मिक एवम सामाजिक कार्यमा मन जानेछ। साहित्य लेखनको कार्यमा रुचि बढ्ने छ। मध्यान्ह पश्चातको समयमा भने मानसिक तनाव बढ्नेछ।  सम्बेदनशिलतामा वृद्धि भएर जानेछ।  पारिवारिक वातावरण सुखमय रहनेछ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

गरि आएको कामलाई नै निरन्तरता दिनु पर्नेछ।  कार्यमा सफलता मिल्नेछ।  आर्थिक लाभको सम्भावना रहेको छ। शारीरिक तथा मानसिक रुपमा उत्साहित रहनुहुने छ।  पारिवारिक वातावरण सुखमय रहनेछ।  धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  भाई बन्धुको सम्बन्धमा आपसी सहकार्य बढ्ने छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्ने छैन। शारीरिक अस्वस्थता र मानसिक व्यग्रताको अनुभूति हुनेछ। आत्मविश्वासमा वृद्धि भएर जानेछ।  सन्तान सुखको अनुभूति मिल्नेछ। मनोरंजनको पछाडी धन खर्च भएर जानेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

व्यापार व्यवसायमा लाभ मिल्नेछ।  रमणीय स्थलमा यात्रामा निस्कने समय रहेको छ।  स्वास्थ्यमा समस्या देखिन सक्नेछ।  आँखासम्बन्धी समस्या देखिने छ। श्रमको उचित मुल्यांकन हुनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

दैनिक कार्यमा ढिला सुस्ती एवम उल्झन व्यहोर्नु पर्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  अधुरा रहेका कार्यहरु सम्पादन भएर जानेछ।  भविष्यका लागि आर्थिक योजना बनाउने समय रहेको छ। आय आर्जनमा वृद्धि हुनेछ। छोटो तथा रमणीय यात्राको सम्भावना रहेको छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

सानातिना काम र घरायसी उल्झनमा नै अल्झिने समय रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।  व्यापार व्यवसायमा लाभ हुनेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। परिवारमा सुखशान्ति छाउने छ।  नोकरीमा पदोन्नतिको योग रहेको छ। आय आर्जनमा वृद्धि हुनेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

नयाँ कार्यको थालनी गर्नका लागि शुभ समय रहेको छ। लामो दुरीको यात्रा हुने सम्भावना रहेको छ।  धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।  शिथिलता एवम मानसिक ब्याकुलताको अनुभव हुनेछ। निर्धारित समयमा कार्य पूर्ण नहुनाले मानसिक चिन्ताले सताउने छ।  विदेश यात्रा सुखद रहेको छ।

 वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

सामाजिक कामबाट प्रसंशा मिल्नेछ।  स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ। स्वास्थ्य सामान्य रहेको छ।  अधुरा रहेका कार्यहरु समयमा नै सम्पादन भएर जानेछ। आध्यात्मिक कार्यमा चिन्तन बढ्नेछ।  समग्रमा तपाईक लागि भोलिको दिन सामान्य रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

रोकिएका काम समयमा नै सम्पादन भएर जानेछ।  नयाँ कार्यको हात लागि भएर जाने समय रहेको छ।  सामाजिक एवम सार्वजनिक स्थानमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  आकस्मिक धन लाभ हुने योग रहेको छ।  व्यापार वृद्धि भएर जानेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

परिश्रम गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। कार्य व्यस्तताका कारण थकानको महसुस हुनेछ।  अस्वस्थ व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ।  आर्थिक लाभ भएर जाने सम्भावना रहेको छ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ। सहकर्मीको साथ र सहयोग अपेक्षाकृत ढंगबाट मिल्नेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

बिद्यार्थी , खेलाडी एवम कलाकार वर्गका लागि भोलिको दिन निकै नै फलदायी रहेको छ।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ। टाढिएका आफन्तजानबाट पनि सहयोग मिल्नेछ।  पठन पाठनमा रुचि बढ्ने छ। आर्थिक लाभको सम्भावना रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

सार्वजनिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ।  पिताको तर्फबाट अधिक लाभ मिल्नेछ। कार्यमा सफलता मिल्नेछ।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ।  अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेको छ।  स्वास्थ्यका पछाडी धन खर्च भएर जानेछ।  समग्रमा मिन राशी भएकाहरुका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१२:४०

आज साउनको दोस्रो सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !