आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको निधन 

सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको निधन भएको छ ।

जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दिपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । घटनाबारे थप आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बस्तुभाउलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर ज्यान गएको हो । खाल्डोमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय चन्द्रनाराण मेमोरियल मेटर्निटी अस्पताल माडरमा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०४:४३

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्डको बैठक बस्दै …