बढ्यो सुनको मुल्य, चाँदीको भाउ स्थिर!

काठमाडौँ , साउन १३ । आज साताको दोस्रो दिन अर्थात् सोमबार सुनको मुल्य बढेको छ । गत हप्ताको आइतबार देखि लगातार स्थिर रहेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले बढेको  हो ।

आइतबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६५ हजार २ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६४ हजार ९  सय रुपैयामा कायम रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने  स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा ७ सय ७५ रुपैयामा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०५:३५

शेयर बजार : नेप्सेमा वृद्धि