‘म मरे पनि दुई दाजुहरू छन् , म त हजुरकाे नालायक छाेरा न परे’ !

काठमाडौँ : कलेजका शिक्षकले मानसिक तनाव दिएको भन्दै महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले आफ्नै ज्यान लिएका  छन् ।

लिटिल बुद्ध कलेजमा कक्षा १२ मा अध्ययनरत सुरज लेखक आफ्नै कोठामा झुण्डिएका हुन् ।

आफूलाई कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीले मानसिक तनाव दिएको र घरमा समेत नराम्रो छाप परेकाले आफूले संसार छोड्ने निधो गरेको सुरजले नोटमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ; ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बाच्न सक्दिन । हजुरकाे सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्ताे बनाउनु चाहनु हुन्थ्याे, म त्यस्तै बन्न सकिन, म मरे पनि दुई दाजुहरू छन् । उनीहरूलाई राम्राे पढाउनु, म त हजुरकाे नालायक छाेरा न परे, अब खुसीसँग बस्नु । अनि मैले दारू कहिल्यै पनि छाेएकाे छैन, खानु त कता हाे ।’ नोटमा आफूले चुरोट नखाएको पनि एक वर्ष भइसकेको छ।’

सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर  मर्नको लागि   बाध्य परेको आरोप लगाएपनि कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीले गत शुक्रबार व्यवस्थापन संकायका संयोजक जोशीले सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिष  विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेको दावी गरेका छन् ।

सुरजका बावुले प्रहरीमा दर्ता गराएको ‘आत्मह त्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले जानकरी दिए ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०६:०७

चितवन मेडिकलमा कलेजमा ४ लाखलाई सेवा