बैठक सुरु भएलगत्तै रोष्टममा पुगे कांग्रेस र राजपा सांसद …

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै दुवै दलले यथास्थानबाट उठेर विरोध जनाएका हुन् ।

बैठक सुरु भएलगत्तै आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका सांसदले सभामुखले कार्यसूची अगाडि बढाउन लागेपछि रोष्टम घेराउ गरेका हुन् ।उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए ।

यसअघि पटक पटक सोहि विषयमा असन्तुष्टि जनाउदै वैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभामुख महराले भेटघाट गरि सहमति जुटाएका बताइएको थियो ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०७:५५

खुसिको खबर! अब यति पैसामै जापान उड्न पाइने