२४ घन्टामा ७ देश घुमेर यी व्यक्तिले बनाए विश्व कीर्तिमानी !

विश्वमा अनेक अनेक प्रकारका मानिसहरु हुन्छन कोहि दाँतले ट्रक धकेलेर त कसैले खुट्टाले लेखेर बिश्व कीर्तिमानी राख्न सफल भएका छन् । यसै बिचमा डेविड कोवारीले २४ घन्टामा ७ देशको भ्रमण गरि बिश्व रेकर्ड बनाएका छन्।

डेविड कोवारी भन्दा पहिले सन् २०१३ मा ग्लेन बर्मिस्टरले २४ घन्टामा पूर्वी यूरोपका चार देश चेक रिपब्लिक, अस्ट्रेलिया , स्लोवाकिया,र हंगरीमा घुमेर रेकर्ड बनाएका थिए। ग्लेन पश्चात कार्स्टेन कोहलरले पांच देश बेल्जियम, नेदरल्याण्ड , जर्मनी, लग्जमबर्ग   र फ्रान्समा घुमेर रेकर्ड बनाउन सफल भएका थिए। फेरी कार्स्टेन पछि माइकल मालले २०१६ मा इटली, स्विटजरलैंड, लिचेस्टेनस्टीन, ऑस्ट्रियास, जर्मनी र  फ्रांसमा १४ घन्टामा घुमेर रेकर्ड बनाएका थिए।

डेविडले आफ्नो यात्रा पोल्याण्डबाट सुरु गरेका हुन्। पोल्याण्ड हुदै उनले चेक रिपब्लिक, स्लोवाकिया, अस्ट्रेलिया, हंगरी, स्लोवेनिया र क्रोएशिया सम्मको यात्रा तय गरि रेकर्ड बनाएका हुन्। उनले सात देशमा गरिएको यस यात्रा ३१० माइल लगभग ५०० किलोमिटरको यात्रा गरि ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका हुन्।

डेविड कोवारीले मार्स्टस डिग्री गर्ने समयमा पढाईको अलावा पनि केहि गर्नु पर्छ भन्ने सोचका साथ कीर्तिमानी काम गर्ने योजना बनाएका हुन्। उनि हंग्रीमा बस्दै आइरहेका छन।

 

प्रकाशित : सोमबार, साउन १३, २०७६१०:०४

बाढीको बीचमा बसेर रिपोर्टिंग, सामाजिक संजालमा देख्न पाइयो यस्तो भिडियो [भिडियो सहित]