कक्षा १२ को परिक्षाफल सार्वजनिक , यसरी हेर्नुहोस् नतिजा …

फाइल तस्बिर

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।

आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको शुद्धता परीक्षण गरिएकोमा कुनै त्रुटी नभेटिएपछि सोमबार बोर्डको बैठक बसी नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

यस वर्ष कक्षा १२ को परिक्षामा  देशभरबाट जम्मा चार लाख ३५ हजार विद्यार्थी सहभागी भएका थिए ।

नतिजा हेर्ने तरिका :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरिसकेपछि विभिन्न मध्यमबाट हेर्न सकिन्छ । इन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Type NEB <space> Symbol Number and send SMS to 31003..

प्रकाशित : सोमबार, साउन १३, २०७६११:४४

मोटरसाइकल दुर्घटनामा २७ वर्षीया मनिषाको गयो ज्यान …