सामान्य प्रशासनका कर्मचारीको भ्रमण मोह : एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४

काठमाडौ : कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे।

तीमध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ। मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन। मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एन्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कार्मचारी चीन पुगेको बताएको छ। यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

विश्वका विभिन्न राष्ट्रहरू धमाधम खुला र प्रतिस्पर्धात्मक राजनीतिमा होमिँदै गर्दा चीन भने सन् १९४९ मा एकदलीय शासन प्रणालीमा प्रवेश गरेको थियो। त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको शासनसत्ता हातमा लिएको थियो। पश्चिमा मुलुकहरूलाई केही समय प्रवेशमा रोक लगाएको उसले आर्थिक विकास र समृद्धिमा आफूलाई अब्बल साबित गरिसकेको छ। शक्ति राष्ट्रहरूलाई चुनौती दिँदै चीन आफूलाई सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा आफूलाई प्रस्तुत गर्ने क्रममा छ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०१:२४

प्रधानमन्त्री रोजगार कार्यक्रम : १३ अर्ब ऋण लिइँदै