हार्दिक पाण्डेसंगको सम्बन्धलाई लिएर दुखि भइन उर्वशी , भनिन ‘मेरा पनि घर परिवार छन ‘

एजेन्सी , क्रिकेटर हार्दिक पाण्डे र अभिनेत्री उर्वशी रतौला  बिचको सम्बन्धले पछिल्लो समय चर्चा बटुलीरहेको छ। हालै मात्र यी दुईको एक भिडियो इन्टरनेटमा भाइरल भईरहेको छ। उक्त भिडियो युट्युबमा अपलोड भएपछि  उर्वाशिले भिडियो अपलोड गर्ने च्यानललाई नचाहिएको र नभएको भिडियोलाई अपलोड नगर्न आग्रह गरेकी छिन साथै आफ्नो इन्स्टग्राम स्टोरीमा अफवाह फैलाउने खालको भिडियोले आफुलाई भन्दा पनि घर परिवारलाई बढी समस्या पर्ने भएकाले यस्ता भिडियो अपलोड गर्न बन्द गर्न आग्रह गरेकी छिन।

युट्युबमा अपलोड गरिएको उक्त भिडियोमा ‘उर्वशीले एक्स ब्वाईफ्रेन्डसंग मागिन माफी’ भन्दै टाइटल राखिएको छ।  जहाँ हार्दिक र उर्बशिको तस्बिरलाई हाईलाइट गरेर राखिएको छ। यस भन्दा अघि पनि उर्वशीले आफुहरु बीच त्यस्तो कुनै पनि सम्बन्ध  नरहेको बताउदै आइरहेकी थिइन्।

रिपोर्टका अनुसार पछिल्लो समय वर्ल्ड कपको समयमा उर्वशीले हार्दिक संग भारत र पाकिस्तानबिचको म्याच हेर्नका लागि आमा र आफ्ना लागि २ सिटको व्यवस्था गर्न लगाएको र म्याच हेर्न नपाएको हल्ला पनि फैलिरहेको थियो। तर उर्बशिले यो सब एक हल्ला मात्र रहेको र  एक्स म्यानेजरले आफुलाई नराम्रो साबित गराउनका लागि योजना बनाएको बताएकी छिन्।

 

 

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०९:३१

यी अभिनेतासंग डेट गर्दै भूमि पेडनेकर, थाहा पाएर पर्नुहुनेछ छक्क