जब कलंकीमा पूर्वउपसचिवको छोरी पढीरहेको कोठामा सिसाको झ्याल छेडियो …

सांकेतिक तस्बिर

काठमाडौँ : काठमाडौँको कलंकीस्थित पूर्वउपसचिवको घरमा गएराति गोलि चलेको छ ।

सोमबार राति पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तल्लमा सो घटना भएको हो ।

शर्माकी छोरी पढीरहेको कोठामा सिसाको झ्याल छेडेर केहि चिज भित्र गएपछि अनुसन्धान गर्ने क्रममा सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट सो कार्य भएको खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकरी दिए ।

उनका अनुसार राति करिब साढे ८ बजे भएको सो घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०५:५३

साढे १३ लाख चोरी फरार भएका सुरज समातिए !