प्रियंका चोपडासँग बच्चा देखिएपछि गरियो यस्तो प्रश्न !

बलिउड स्टार अभिनेत्री  प्रियंका चोपडा अहिले  विदेशमा छुट्टि मनाईरहेकी छन् ।  प्रियंका आफ्नो जन्मदिनको लागि यहाँ आएकी थिइन् र त्यसपछि उनी त्यही नै रमाइलो गर्दैछिन्। उनले आफ्नो र निकको निकै  हट र सुन्दर तस्विर इन्स्टाग्राममा शेयर गरेकी थिइन्।  अब प्रियंकाले  मियामीबाट अझैँ एउटा फोटो शेयर गरेकी छन्।  यसमा उनीसँग निकै राम्रो बच्चा रहेको  छ।  शेयर गरेको फोटोमा  प्रियंका चोपडा  एक क्यूट बेबीसँग सुतेकी छन्।

उनीसँग अर्को महिला पनि रहेको छ । यो फोटोलाई क्युट बताउदै  यूजर्सले पनि  राम्रो  रियाक्शन दिए । यधपी केहि फ्यानले प्रियंकालाई कहिले बच्चा जन्माउने भन्दै प्रश्न गरेका छन् । यस्तो पहिलो पटक भएको हैन।  जबकी टक शोको क्रममा प्रियंकालाई परिवार बढाउने कुरामा सवाल गर्दा प्रियंकाले आफु यस्तो चाहने तर निक र उनी अहिले तयार नरहेको बताएकी थिइन्।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०५:५४

बोल्दा विचार गर्नुहोला भन्दै डा. केसीलाई अभिनेत्री करिष्माको कडा प्रश्न, लेखिन यति लामो स्टाटस!