हङकङबाट आएका क्लब डेजाभूका संचालक विमानस्थलमा श्रेष्ठ पक्राउ!

काठमाडौँ, साउन १४ । हङकङबाट काठमाडौं आएका  दरबारमार्गको क्लब डेजाभूका सञ्चालक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । डेजाभूका सञ्चालक मनोज  श्रेष्ठ विरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेको थियो । गत वर्ष (१५ माघ २०७५) काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा श्रेष्ठ विरुद्ध डिफ्यूजन नोटिस जारी गरिएको हो ।

 विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा श्रेष्ठ पक्राउ परेका हुन् ।  श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएको काठमाडौं प्रहरीले जनाएको छ । त्यसवापत उनले शेयर दिने बताए पनि शेयर नदिएपछि उनले रकम फिर्ता मागे । श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि चेक बाउन्स भएपछि काठमाडौं प्रहरीमा उनि विरुद्ध बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो । तर, उनी सम्पर्कमा आएका  थिएनन् । त्यसपछि हङकङबाट फर्किने क्रममा उनि माइन्ड उपकरणको सहयोगमा श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०६:२६

नेकपा डबल ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी : बाबुराम