‘जिरो’ पछि फिल्मबाट अनुष्काले किन लिईन ब्रेक ? कारण यस्तो !

एजेन्सी ,  बलिउड अभिनेत्री अनुष्का शर्माका लागि बर्ष २०१८ कामको हिसाबले व्यस्त रहन पुग्यो उनि अभिनित  चलचित्रहरु ‘परी, संजू, सुई धागा र जिरो’ २०१८ मा नै प्रदर्शनमा आएका चलचित्रहरु हुन्। तर २०१८ को डिसेम्बरमा जिरो प्रदर्शनमा आए पश्चात अनुष्का कुनै पनि फिल्ममा देखिएकी छैनन। यसै बिषयमा अनुष्काले चलचित्रबाट सन्यास लिएको खबर समेत बाहिरिएको थियो अन्तत उक्त कुरा हल्ला मात्र हुन पुगेको छ।

फिल्मी क्षेत्रबाट सन्यास लिएको बिषयमा अनुष्काले  बिवाह पश्चात केहि समय आफुले ब्रेक लिन चाहेको र चलचित्र क्षेत्र छोड्न नसक्ने जानकारी दिएकी छिन्। साथै सुई धागा पछि जिरो गरेकी उनले पति बिराटसंग केहि समय बिताउन चाहेकाले पनि फिल्मबाट केहि समय  ब्रेक लिन चाहेको बताएकी छिन।

आफ्नै पर्सनल लाइफमा केहि समय अल्झिनु परेकाले मलाई २ महिनाको ब्रेक चाहिएको थियो अन्तरवार्ता पिच्छे मिडियाले तपाई अब कुन फिल्म गर्दै हुनुहुन्छ भन्ने प्रश्न ले नै  इरिटेट भएकाले ब्रेक लिने कुरा बताएको जानकारी गराएकी छिन। अब अनुष्का कुन प्रोजेक्ट लिएर पुन फिल्मी क्षेत्रमा  प्रवेश गर्दै छिन त्यसको भने कुनै पनि अधिकारिक  जानकारी हालसम्म प्राप्त भएको छैन।

केहि समय अघि मात्र अनुष्का आफ्नै प्रोडक्सन हाउस क्लीन स्लेट फिल्म्सको ब्यानरमा माई नामक वेब सिरिजको निर्माण गर्न लागेको खबर बाहिरिएको थियो। जहा अनुष्काको लगानी मतेअ रहने र मुख्य भूमिकामा अरु नै कोहि हुने बताईएको छ। फिल्मी क्षेत्रबत ब्रेक लिए पछि अनुष्का पति बिराट कोहलीका साथमा समय बिताईरहेकी छिन।

 

 

 

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०६:५९

मृत कुकुरको सम्झनामा प्रियंकाका जेठाजु /जेठानीले बनाए यस्तो टाटु !