नेकपा डबल ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी : बाबुराम

फाइल तस्बिर

काठमाडौँ : समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा ‘कम्युनिष्ट’खोल ओढेर कमाउनिष्ठ धन्धामा लागेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कमाउनिष्ठ धन्धा गर्दै राज्यसत्ताको दोहन गरेर आसेपासे पोस्ने काम गरेको बताएका हुन् ।

उनले आफ्नो ट्वीटर एकाउन्ट मार्फत प्रतिक्रिया दिँदै लेखेका छन् ; “नेकपा डबलले आफुलाई ‘सर्वहारा श्रमिकवर्गको पार्टी’ भन्नु जुन गोरूको सिंग छैन उसको नाउँ तीखे भनेजस्तै हो! बरू उसले आफुलाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी भन्नु पर्थ्यो! अर्थात् ‘कम्युनिष्ट’खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने वा राज्यसत्ताको दोहन गरेर आसेपासे पोस्ने Crony Capitalist Party!…”

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०६:३८

सासुलाई जिम्मा लगाएको १५ महिने छोरो खेतबाट फर्किदा बावुआमाले पोखरीमा देखेपछि …