काठमाडौँ, साउन १४। अभिनेत्री करिश्मा मानन्धरले आफ्ना श्रीमान विनोद मानन्धरमाथि राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नचाहिने जजमेन्ट गरेको भन्दै उनीमाथि कडा प्रश्न गरेकी छिन् । वास्तवमा डा. केसीले दिएको एक अन्तर्वार्तामा सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन भन्दै उदाहरण दिदा करिश्माका पतिको नाम लिएका रहेछन् । उक्त अन्तर्वार्ता हेरेपछि करिश्माले मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो पति बिनोद डा. केसीको तुलनामा कुनै कुरामा कम नभएको उल्लेख गर्दै केसीमाथि कडा प्रश्न गरेकी छिन् ।
उनको स्टाटस जस्ताको तस्तै:
“डा. सुरेन्द्र के.सी विश्लेषक, बोलिरहनु हुन्छ, तर कहिलेकाही के बोल्नु हुन्छ के? त्यो उहाको बोलाइको आधारमा उहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो।
हालै एउटा अन्तरवार्तामा उहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ । पोखरामा बिनोद जीले उहालाई देखेपछि आफै गएर भेट्नु भयो रे, अनि म करिश्माको श्रीमान भन्नू भयो रे त्यसले बिनोद जीले आफ्नो इज्जत घटाउनु भयो रे, उहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे, यस्ता त छन अनि के इज्जत हुनुरे। (बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति) यदि करिश्मा के.सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ? उहाजस्तो व्यक्तित्वबाट मैले यो आसा गरेको थिइन ।
जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के.सी लाई भेटेनी, म आफै बोल्न गए (बिनोद जीले सुरेन्द्र के.सीको सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र उहाको भनाइ मनपराउनु हुन्छ ) । बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेकोले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा. के.सी ?
जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ। अनि जो मनिस तपाईको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बडप्पन हुन्छ । त्यहीबेला तपाई , बिनोद र मेरि छोरी कविताको युट्युब कुराकानी जब मेरो छोरीले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु मसंग रिसाएको थियो। त्यो तपाई प्रती उसको सम्मान थियो बुझ्नुभयो। तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।
आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस । बिनोद मानन्धर तपाईको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठुलो कुरा उहाँमा मानवता छ र उहाले तपाईले जस्तो रुको नचाहिने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईको केही खाएको छैन ।”