पाकिस्तान , पाकिस्तानको रावलपिन्डी नजिकै मोरा कालु क्षेत्रमा पाकिस्तानी सेनाको बिमान दुर्घटना हुदा १८ जनाको मृत्य भएको छ। मृत्यु हुनेमा ५ जना पाकिस्तानी सेना रहेका छन् भने अन्य १३ जना सर्वसाधारण जनता रहेका छन।
पाकिस्तानी पत्रिका दी न्युजले जनाए अनुसार दुर्घटनामा मृत्यु हुनेमा २ पाइलटहरु कर्नले सकिव र कर्नेल वासिम रहेका छन्।
त्यस्तै दुर्घटनामा परि मृत्यु हुनेमा पाकिस्तानी सेनाका १ जना नायब सुबेदार र अन्य २ जना हवल्दार रहेका छन।
आकाशमा उडिरहेको बिमान एक्कासी जमिनमा खस्दा एक घर पूर्ण रुपले क्षतिग्रस्त भएको छ। दुर्घटना भए लगत्तै पाकिस्तानी सेना दुर्घटनास्थलमा पुगी घटना बारे अनुसन्धान गरि उद्धार कार्यमा खटिएको छ।