हनिमूनको क्रममा अचानक ज्वालामुखी जाँदा ५० फिट तल खसेका श्रीमानलाई श्रीमतीले साहस गरेर बचाएकी छन् । घटना १८ जुलाईमा भएको हो। फ्लोरिडाको क्ले चेस्टेन र उनको श्रीमती एकेमीले हनीमूनको लागि क्यारिबियन सागर स्थित माउन्ट लियमाइगा पर्वतको सेन्ट किट्सको शिखर भएको सहर रोजेका थिए ।
दुवैजना ३७०० मिटरको उचाइमा चढ्दै गर्दा ज्वालामुखीको नजिक पुगेपछि क्ले तल खसेका थिए । घटनाको समयमा यी दुई बाहेक अरु कोहि थिएनन् । एकेमीले साहस जुटाएर घाइते श्रीमानलाई बाहिर निकालिन्। घाइते श्रीमानलाई सहारा दिदै ३.२ किलोमिटर टाढा बेसमा पुगिन् । बेसबाट २० लाख रुपैँयामा मेडिकल चार्टर्ड प्लेन बुक गरेर फ्लोरिडा पुर्याइन् । यहाँ उपचार पछि चेस्टेन अहिले खतराबाट मुक्त छन्।
चेस्टेन बताउछन्, ‘‘ हामी पहाडमा थियौ। यसैक्रममा ज्वालामुखीको क्रेटरको गहराईमा रहेको हरियालीले मलाई निकै लोभ्यायो । यधपी मलाई गहिराई देखि डर लाग्थ्यो। तर पनि मैले आफुलाई रोक्न सकिन र तल झर्दै गए। ठाडो ढलान भएकोले म चिप्लेर लडे र हिमशृंग जस्तो गुमाएको चट्टानसँग ठोकियो।’’
एकेमीले बताईन् , “सिरमा चोट भएकोले क्लेले चिच्याएर मदत्त मागे। तर त्यहाँ कोहि पनि थिएन। न मोबाइल सेवा थियो। यस्तैमा मैले नै क्लेलाई साहारा दिएर बेससम्म लगे। “