सासुले ल्याएको च्याउ खाँदा गयो बुहारीको ज्यान …

सांकेतिक तस्बिर

काठमाडौँ : पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ ।

साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी दुबै जान बिरामी भएका थिए। सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ।

सुनिताको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मंगलबार  बिहान साढे ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०८:२८

मलद्वार नभएको नवजात छोरोको रोदन सुन्नुको विकल्प नभएपछि …