साउन महिना सुरु भइकन पनि आधा आधि हुने लागिसक्यो। यस महिना बिशेष गरि महिलाहरु भगवान शिवको पुजाआज गरि सोह्र शृंगारमा नै व्यस्त रहन्छन। श्रावण महिनामा महिलाहरु हातमा हरियो चुराका साथमा मेहेन्दी लगाउन अत्यन्तै रुचाउछन्। तर किन र के कारणले गर्दा महिलाहरुले साउनमा हरियो चुरा लगाऊछन् अनि मेहेन्दी लगाऊछन तपाईहरु लाई थाहा छ ? यदि छैन भने आउनुहोस् साउनमा हरियो चुरा र मेहेन्दी लगाउनुको महत्वबारे जानिराखौं
साउनमा किन लगाईन्छ मेहेन्दी
महिलाहरुले मेहेन्दी बिवाह तथा अन्य शुभ कार्यमा लगाउनु राम्रो मानिन्छ। जसको हातमा जति गाढा मेहेन्दीको रंग बसेको हुन्छ उसको उति नै माया आफ्नो श्रीमानबाट मिल्ने मान्यता रहेको छ। त्यसैले साउनको जस्तो शुभ महिनामा पति पत्नीका बिचको आपसी सम्बन्ध मजबुत हुने भएकाले हातमा मेहेन्दी लगाउने गरिन्छ।
हरियो चुराको महत्व
धार्मिक हिसाबले पनि हरियो रंगलाई शुभ मान्ने गरिन्छ बिशेष गरि साउनमा । यस प्राकृतिक रंगलाई जीवनको खुसीको प्रतिक मान्ने गरिन्छ। विवाहित महिलाहरुले साउन महिनामा आफ्नो श्रीमानको खुसि तथा लामो आयुका लागि हरियो चुरा लगाउने गर्छन। यसका साथै हरियो रंगले मन मष्तिस्क शान्त हुनका साथै घरायसी वातावरणमा पनि खुसियाली छाउने भनाइ रहेको छ।
किन राखिन्छ ब्रत ?
श्रावण महिनाको ब्रत महिला पुरुष जसले राख्दा पनि हुन्छ। तर अधिकांश मात्रामा साउनको ब्रत विवाहित तथा कन्या कुमारीहरुले राख्ने गर्छन। विवाहित महिलाहरुले आफ्नो पतिको लामो आयु तथा स्वस्थ जीवनको लागि यस महिनाको ब्रत राख्ने गर्छन भने अविवाहित महिलाहरुले आदर्शको पतिको कामना गर्दै साउन महिनाको ब्रत राख्ने गर्छन।