जापानमा आयोजित किक बक्सिङ्गमा नेपाली ‘हिमालयन चितुवा’ बिजयी !

जापान, जापानको नागोया शहरमा सम्पन्न भएको किक बक्सिङ्ग प्रतियोगितामा नेपाली खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ बिजयी भएका छन। आईतवार नागोयामा सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा अविरलले बोलिभियाका च्याम्पियनलाई हराएर जित हासिल गर्न सफल भएका हुन्।

नेपालको प्रतिनिधित्व गर्दै आइतवार रिङ्गमा उत्रिएका अविरलले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउन्डमै पराजित गरेका हुन्। बिजयी भएसंगै उनले जापानी येन नगद रु एक लाख सहित ट्रफी र मेडल प्राप्त गरेका छन।

घिमिरेले हालसम्म खेलेको खेलमध्ये १२ वटामा ३ एमेच्योर, २ वटा सेमी प्रोफेसनल र ७ वटा प्रोफेसनल खेलमा ११ वटा जित हासिल गरिसकेका छन।  जसमध्ये उनले ७ वटा प्रोफेसनल खेलमा ५ वटामा नकआउट जितेका थिए।

प्रबासमा बसी आफ्नै लगानी र परिश्रमले बक्सिङ्गको माध्यामबाट नेपाल र नेपालीको नाम राख्न पाएकोमा आफुलाई गर्व महसुश भएको अविरलले बताएका छन्। यसभन्दा पछि उनको भिडन्त रिभेन्ज फाईट ब्राजिलियन खेलाडीसंग हुनेछ।

 

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६१०:४४

टी २० विश्वकप भएको एक वर्षमै अर्को टि-२० विश्वकप हुने