काठमाडौँ, साउन १४ । भक्तपुरको बोडेमा कोठामा बस्दै आएका जीवन तामाङ र १८ वर्षीया मंगली घिसिङ एकै ठाउँमा झुण्डि एको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछाप जिल्ला, बेथान घर भई हाल जीवनसँग बोडेमा बस्दै आएकी १८ वर्षीया मंगली घिसिङ झुण्डि एको अवस्थामा मृ त फेला परेका हुन् ।
जीवनको पहिलो श्रीमती हुदा-हुदै मंगलीसंग प्रेम सम्बन्ध रही एकसाथ बस्दै आएको प्रहरीले अनुमान गरेको छ । जीवनकी श्रीमती ऋतुले आफ्नो श्रीमान अर्की केटीसँग लागेर आफूलाई बेवास्ता गर्दै आएकाले निजलाई झिकाइ आवश्यक कारबाही गरी पाउँ भन्दै यही साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएकी थिइन् । त्यसपछि जीवनलाई पुलिसले बोलाएर छलफल गरेपछि उनले ऋतुलाई रितुसँग नै बस्ने र खान लगाउन दिने लगायतका सबै आवश्यकता पूरा गरिदिन्छु भन्दै कागज समेत गरेको प्रहरीको भनाइ छ ।
तर प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई केहि रकम रुपैयाँ दिएर कोठामा जाउ भन्दै पठाएका थिए । र एक्कासी मंगलबार बिहान जीवन र मंगली घिसिङको शव उनीहरु बस्दै आएको कोठामा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीको भनाइ छ ।