एजेन्सी – बाढीको बीचमा रहेर बाढीको बहाव बारे रिपोर्टिंग गरिरहेका एक एक रिपोर्टरको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
मिडिया रिपोर्टहरुका अनुसार भिडियो पाकिस्तानको रहेको छ। यस भन्दा अगाडी पनि पाकिस्तानकै एक रिपोर्टर नदी भित्रै पसेर रिपोर्टिंग गरिरहेको भिडियो भाइरल भएको थियो।
हाल सामाजिक संजालमा भाइरल भैरहेको भिडियोमा रिपोर्टर घाँटी सम्म नै डुबेर रिपोर्टिंग गरिरहेको देखिएका छन्। दुबेकै अवस्थामा बल्ल-तल्ल माइक समाइरहेका उनी बाढी बारे विभिन्न जानकारीहरु दिँदै सुनिन्छन्।
reporting level 💯 % pic.twitter.com/uVbGi1chgZ
— Javeria Siddique (@javerias) July 27, 2019
रिपोर्टरले हैंसिंध नदीमा आएको बाढी बारे बोल्दै जिल्ला प्रशासनले बाढीसँग जुध्न कदम नउठाएको प्रति सवाल उठाउँदै रिपोर्टिंग गरिरहेको भिडियोमा देखिन्छ।
यस्तै बाढी पिडितहरुले पंजाबका मूख्यमन्त्री र पाकिस्तानी प्रधानमन्त्री बारे पनि प्रश्न गरिरहेको पनि रिपोर्टरले बताइरहेको भिडियोमा देख्न सकिन्छ।
यस भिडियो सबै भन्दा पहिला सामाजिक संजालमा पाकिस्तानी पत्रकार जावेरिया सिद्दिकीले शेयर गरेका थिए। अहिले सामाजिक संजालमा यस भिडियोलाई मजाकको विषय बनाइएको छ।
पत्रकार माथि प्रायजसोले मजाक गर्दै टिप्पणी गरिरहेको सामाजिक संजालमा देखिएको छ।