भोलि साउन १५ गते बुधवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको १५ गते बुधवार इश्वी संवत २०१९ जुलाई ३१ तारिख, काठमाडौंमा सूर्योदय– ५:२७  बजे, सूर्यास्त– १८:५२  बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

कुनै पनि नयाँ कामको प्रारम्भ गर्नका लागि प्रातकालको समय अनुकुल रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।  आर्थिक लाभको सम्भावना रहेको छ। उच्च अधिकारीको साथ र सहयोग प्राप्त हुनेछ। मध्यान्ह पछि भने  कार्यमा ढिलासुस्ती आइपर्ने छ।  स्वास्थ्यमा समस्या देखिने छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

साथी भाई एवम इस्टमित्रका साथमा समय सुखद रहने छ। आर्थिक योजना बनाउने अनुकुल समय रहेको छ। स्वास्थ्यले भरपुर मात्रामा साथ दिनेछ।  समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

 मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

मित्र तथा परिवारको साथ भरपुर् मात्रामा पाइने छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। मनमा नकारात्मक कुराहरुले डेरा जमाउन सकलन सजक रहनु पर्नेछ।  व्यापार व्यवसायका लागि समय अनुकुल रहेको छ।  मनमा उत्साहको मात्रा वृद्धि भएर जानेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

बोलीको नकारात्मक  प्रभाव पर्न सक्ने भएकाले बाणी एवम व्यवहारमा संयम रहनु पर्नेछ। अनावश्यक क्षेत्रमा खर्च भएर जानेछ।  तर मध्यान्ह पछिको समयमा भने समस्या समाधान भएर जानेछ। आर्थिक लाभ हुनेछ।  नसोचेको काम बन्ने योग रहेको छ।  पारिवारिक वातावरण सुखमय रहनेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

शुभ समाचार सुन्ने अवसर मिल्नेछ। आय आर्जनका नया स्रोतहरु खुलेर जानेछन। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।  स्वास्थ्य सामान्य रहेको छ।  पारिवारिक वातावरण क्लेशमय रहने छ।  धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

पारिवारिक वातावरण उल्लासमय रहनेछ। नोकरी व्यवसायमा लाभ हुने देखिन्छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।  छोटा तर रमणीय यात्राको सु अवसर मिल्नेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

अनावश्यक थकानको महसुस हुनेछ। कार्य व्यस्तताका कारण मानसिक तनाव बढ्ने छ।सन्तानका बिचमा आपसी मतभेद हुने देखिन्छ। मध्यान्ह पछि भने सबै समस्या क्रमश समाधान भएर जानेछ।  बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ।  सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

अध्यात्मिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ। शारीरिक तथा मानसिक रुपले अस्वस्थताको अनुभूति हुनेछ।  अनावश्यक धन तथा मान हानी हुन् सक्ला सावधान रहनुहोला। बोलीको प्रभाव बढेर जानेछ।  समग्रमा तपाईक लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

परिवारमा खुसियाली छाउने छ। मानसिक रुपले प्रसन्नता छाउने छ।  स्वास्थ्य अनुकुल रहेको छ। मनमा नकारात्मक भाव आउन नदिनु होला।  महत्वपूर्ण निर्णय लिन नसक्दा हानी हुने देखिन्छ। क्रोधको मात्रामा वृद्धि भएर जानेछ।  धार्मिक तथा आध्यात्मिक चिन्तनले मानसिक शान्ति हुनेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

बोल्दा होसियार हुनुपर्ने छ अन्यथा विभिन्न समस्याको कारण बन्न सकिने छ।  परिवारमा मांगलिक कार्यको आयोजना हुने समय रहेको छ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।  अपेक्षा गरे अनुरुप हरेक कार्यमा सफलता मिल्ने छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

दिनको प्रारम्भमा आर्थिक लाभ हुने सम्भावना रहेको छ।  साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ।  घरायसी वातावरणमा सुखमय रहने छ।  अधुरा रहेका कार्यहरु समयमा नै सम्पादन भएर जानेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।  बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ।  ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

कार्यभारका कारण शारीरिक थकान र आलस्यता बढेर जानेछ। आर्थिक कारोवारका लागि समय खासै अनुकुल रहेको छैन।  स्वास्थ्यमा समस्या देखिने छ। अनिन्द्राको शिकार भइने छ।  बिद्यार्थीवर्गका लागि समय अनुकुल रहेको छ। यात्राको सम्भावना रहेको छ। मान सम्मान भंग भएर जान सक्ला सावधान रहनु पर्नेछ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६१४:०२

आज साउन १५ गते बुधवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !