मेलम्चीको १० नम्बर वडा कार्यालय ध्वस्त !

काठमाडौँ : मंगलबार राती मेलम्ची नगरपालिक वडा नम्बर १० को कार्यालयमा ध्वस्त भएको छ ।

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा अज्ञात समूहले कार्यालयमा आगजनी गरेको हो ।

आगोलागी बाट वडा कार्यालय क्षतिग्रस्त भएको र कार्यालयभित्र रहेका कागजातहरु जलेको प्रहरीले जनाएको छ ।

नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा आव्हान गरिएको बन्दको दिन आज विभिन्न स्थानमा बम बिस्फोट हुनुका साथै केहि स्थानका एनसेल टावरमा समेत आक्रमण भएको जानकारी प्राप्त भएका छन् ।

प्रकाशित : बुधबार, साउन १५, २०७६०५:२७

मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन