डेंगु भएको समयमा नखानुस यी चिजहरु, निको हुनमा लाग्न सक्छ समय !

सामान्यतया वर्षायाममा  देखा पर्ने लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुबाट सकेसम्म बच्नु पर्दछ।  यदि डेंगु लागिहालेको खण्डमा मेवाको पात, तुलसी , बेसार , अनार लगायतका चिजहरु खाने गर्नाले  डेंगु लागेपछी देखिने अनेक प्रकारका शारीरिक समस्याका साथै ज्वरोबाट राहत पाउन मदत मिल्छ। डेंगुबाट राहत दिने यी खानेकुराहरुले कुनै कुनै समय ग्रसित व्यक्तिको स्वास्थ्य अवस्था ठिक हुनमा समस्याको रुपमा समेत खादा हुन सक्छ त्यसैले आज हामी डेंगु भएको समयमा खान नहुने केहि खानेकुराहरुको बारेमा कुरा गर्दै छौं आउनुहोस।

डेंगु भएको समयमा के खानु हुदैन  

ऒईलि फुड

डेंगु लागेका बिरामीहरुले सकेसम्म तेलमा तारेको र फ्राई गरिएको खाना खानाबाट बच्नु पर्छ। यस्ता खानेकुराहरुमा फ्याटको मात्रा अत्याधिक हुने हुनाले शरीरमा कोलेस्टोरेलको मात्रा वृद्धि भई रक्तचापमा असर पर्दछ। यी दुवै चिजले रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पारी रोग निको हुन समय लाग्ने हुन्छ।

मसलेदार खाना 

डेंगु भएको समयमा पाचन प्रक्रिया अनियमित हुने भएकाले यस्तो समयमा अत्याधिक प्रयोग गरिएको मसलेदार खानेकुराहरुको सेवन पनि गर्नु हुदैन। ज्यादा स्पाईसी फुड्सको सेवन गर्नाले पेटको अल्सर हुने सम्भावना समेत रहन्छ।  डेंगु पिडित व्यक्तिहरुले रोग लागेको समयमा मसलेदार खाना खाएको खण्डमा रोग प्रतिरोधात्मक क्षमतामा कमि गराई डेंगुको संक्रमण शरीरको अन्य भागमा पनि फैलिन मदत गर्दछ।

कैफ़िन 

कैफ़िनयुक्त पेय पदार्थले मुटु तथा मांसपेशीसम्बन्धी समस्या निम्तने खतरा रहन्छ।  जसले गर्दा शरीरमा डेंगुको भाइरसबाट लड़नामा समस्या देखिन्छ।  यसको अर्थको डेंगुको भएको समयमा कैफिन युक्त पेय पदार्थको सकेसम्म सेवन नगर्दा नै लाभदायी हुनेछ।

 

 

प्रकाशित : बुधबार, साउन १५, २०७६०६:५९

छिट्टैै भुल्ने बानी छ ? त्यसो भए यी चीजको सेवन गरि बढाउनुहोस् स्मरणशक्ति