६९ वर्षीय जनप्रतिनिधिले ९ वर्षीय बालिकामाथि दुष्कर्म गरि १ लाखमा कुरा मिलाएपछि …

सांकेतिक तस्बिर

काठमाडौँ : बालिकामाथि जबर्जस्ती गरेको आरोपमा एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारी की ९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा स्थानीय ६९ वर्षीय विष्णुहरि पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन ६ गते साँझ वडा सदस्य समेत रहेका पराजुलीले बालिकालाई दुष्कर्म गरेको खुलासा भएपछि गाउँमै मिलापत्र गर्ने खोजिएपनि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

उनका अनुसार पराजुलीले आफ्नै मिलमा बोलाएर बालिकालाई १० रुपैंया दिई ललाईफकाई दुष्कर्म गरेका थिए। त्यसपश्चात पिडित बालिकाका परिवारलाई १ लाख दिने सर्तमा मिलापत्र गरेको खुल्न आएको हो ।

सो घटना गाउँमै मिलपत्र भएको सूचना प्राप्त भएपछि आरोपित पराजुलीलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।

प्रकाशित : बुधबार, साउन १५, २०७६०७:४८

‘घाँटी भन्दा तल त राम्री नै छे’ तानियो विवादमा, कलाकारहरुले गरे यसरी व्यंग्य र विरोध!