‘घाँटी भन्दा तल त राम्री नै छे’ तानियो विवादमा, कलाकारहरुले गरे यसरी व्यंग्य र विरोध!

काठमाडौँ, साउन १५ । एक साता अगाडी रिलिज भएको गायक अर्जान पाण्डेको ‘घाँटी भन्दा तल त राम्री नै छे’  बोलको गित विवादमा परेको छ । यस गीतले महिला माथि भद्धा मजाक गरेको भन्दै सामाजिक संजालमा धेरैले आलोचना र व्यंग्य गरेका छन् । त्यस्तै हास्य हाँस्यकलाकार दिपकराज गिरीले यस्तो लेखेका छन्, ‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनि मात्रै आयो । भोलि नाइटो भन्दा मुनि मात्रै आउला, त्यसपछि कम्मर… हैट !’

त्यस्तै गायिका आस्था राउतले पनि यो गीतको खुलेरै बिरोध गरेकी छिन्। उनले महिला अधिकारको कुरा गर्ने कलाकार कुन दुलोमा पसेको छन् भन्दै लगातार स्टाटस पोस्ट गर्दै आएकी छिन्। आस्था लेख्छिन्, ‘केटी मान्छेको घाँटी भन्दा तल​को गीत लेख्ने गाउनेले आफ्नै घाँटी भन्दा माथीको गिदी चेक गर्न जाओ।  गिदी छ कि लिदी छ?’ उनि गाडी लेख्छिन्, ‘मैले अल्लि अगाडि पनि भनेकै हुँ र अहिले  पनि भन्दैछु। नेपाली संगीतमा सेन्सरशिप हुनुपर्छ किनकि पुरै क्वालिटी खस्किसक्यो,जुन पायो त्यही भाइरस छिरिसक्यो। हिट  हुन,पैसा कमाउन जे पनि गर्ने ?’

साथै  कलाकार तथा निर्माता निर्मल शर्माले पनि यो गित सुनेर आफ्ना छोराले नगाओस् भन्दै कामना गरेका छन्। उनि लेख्छन्, ‘बजारमा नयाँ गित आएको रहेछ। गीतमा पुरुषले महिलालाई भन्छ ‘घाँटी भन्दा तल त राम्री नै छे’, भगवानसँग कामना गर्छु यो गीत मेरो छोराहरुले सुनेर नगाईदिउन र श्रीमती ममी दिदीबहिनीको अगाडी मैले लाजले मुख छोप्न नपरोस।  म महिलाहरुलाई ३३ प्रतिशत होइन, ५० प्रतिशत नै हुनुपर्छ भन्ने पक्षमा छु, र महिला हिंसा विरुद्धमा आवाज उठाउनेहरुको कान सम्म पुगोस यो गीत !’

प्रकाशित : बुधबार, साउन १५, २०७६०८:१५

धुलिखेलको वडा कार्यालयमा शंकास्पद वस्तु भेटियो !