धुलिखेलको वडा कार्यालयमा शंकास्पद वस्तु भेटियो !

सांकेतिक तस्बिर

काठमाडौँ : काभ्रेको धुलिखेल नगरपालिका-१२ नम्बर वडा कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ ।

बुधबार बिहान १० बजे कार्यालयको परिसरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

सकेट बम जस्तो देख्ने उक्त वस्तु तर्साउन राखिएको अरू नै सामग्री भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले जानकरी दिए ।

उनका अनुसार कार्यालय खोल्न जाँदा शंकास्पद वस्तु भेटिएको सूचना प्राप्त भएपछि नेपाली सेनाले घटनास्थलमा पुगेर उक्त वस्तु निष्क्रिय बनाएको हो ।

शंकास्पद वस्तु डिस्पोज भइसके पनि स्थानीय त्रसित भएकाले कार्यालय संचालनमा कठिनाई भएको सोहि वडाका अध्यक्ष हर्कबहादुर तामाङले बताए।

प्रकाशित : बुधबार, साउन १५, २०७६०८:३४

सांसद योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त , आजै सपथ !