‘लक्का जवान’ मा वर्षा सिवाकोटी फाइनल !

काठमाडौँ साउन १५ , हाँस्य कलाकार शिवहरि पौड्यालले निर्देशन गर्न लागेको डेब्यु चलचित्रका लागि अभिनेत्री वर्षा सिवाकोटीलाई हिरोइनको रुपमा फाइनल गरिएको छ। वर्षा हाल चलचित्र बिर बिक्रमको प्रदर्शनको लागि देश भन्दा बाहिर रहेकाले उनीसंग चलचित्रका लागि मौखिक रुपमा मात्र सम्झौता भएको स्रोतले जनाएको छ।

केहि दिन अघि मात्र निर्माता तथा कलाकार किरण केसीको जन्मदिनको अवसरमा ‘लक्का जवान’ को  निर्माण घोषणा गरिएको थियो। आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा दिलिप रायमाझी मुख्य भूमिकामा रहने छन।

पारिवारिक तथा कमेडी शैलीमा आधारित भई बन्न  लागेको यस चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने छ भने सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहेका छन् ।

 

 

 

प्रकाशित : बुधबार, साउन १५, २०७६०९:२१

भारतिय मिडियामा राजेश हमालको तारिफ, भयो पढाइदेखि बिहेसम्मका कुराको खुलासा…