ट्राफिकले चिट काटेपछि चौकीको लाइन काटियो , ६ लाख विद्युत महसुल तिराएर कर्मचारीले सिकाए पाठ …

सांकेतिक तस्बिर

काठमाडौँ : विद्युत मर्मतका लागि मोटरसाइकलमा गइरहेका प्राविधिकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएपछि प्रहरी कार्यलयको विद्युत लाइन काटिएको छ ।

मंगलबार भारतको उत्तर प्रदेशको फिरोजाबादमा ट्राफिक चेकिङ भइरहेको बेला बिग्रिएको विद्युत बनाउन जाने क्रममा हेल्मेट नलगाएको भन्दै ट्राफिकले चिट काटेर ट्राफिक नियम पढाएपछि प्राविधिकले लामो समयदेखि विद्युत महसुल नतिरेको भन्दै प्रहरी कार्यालयको विद्युत कटौती गरि विद्युतको नियमको पाठ सिकाएका हुन् ।

कर्मचारीले विद्युत लाइन बिग्रिएपछि श्रीनिवास जाने क्रममा आफूलाई चिट काटेको जानकारी विद्युत विभागका उच्च अधिकारीहरुलाई गराएपछि  प्रहरी चौकीको लाइन छुटाएर ६ लाख ६२ हजार ४६३ रुपैयाँ विद्युत महसुल तिर्न बाध्य पारिएको हो ।

करिब साढे २ घण्टा प्रहरी चौकीको विद्युत आपूर्ति हुँदा कामकाज ठप्प भएको बताइएको छ ।

प्रकाशित : बुधबार, साउन १५, २०७६१०:३७

पसलमा ग्राहक बनी आएकाले गोलि चलाउँदा दुईजनाको मृत्यु !