नेपाली सिनेमामा अमिताभ बच्चनको रूपमा चर्चित अभिनेता राजेश हमाल भारतीयहरुको लागि चिने जानेको अनुहार हैन । तर उनि हाल भारतीय मिडियामा छाएका छन्। थुप्रै भारतीय संचार माध्यमहरुले राजेश हमालको तारिफ गरेका छन् । साथै भारतिय अनलाइन आज तकले त राजेश हमालको स्टोरी नै लेखिएको छ ।
आजतकले लेखेको समाचार नेपालीमा जस्ताको तस्तै साभार:
राजेश नेपालको यस्ता सुपरस्टार हुन जसलाई महानायकको नाम मिल्यो । ५५ वर्षीय उमेरमा पनि नेपालमा राजेशको पद भारतमा अमिताभ जस्तै छ । परिवारको सदस्यको विरुद्द उनले अभिनयमा आफ्नो पहिचान बनाएका थिए । १९८८ मा आएको फिल्म युग देखी युग सम्म’ फिल्मबाट राजेशले नेपाली सिनेमामा डेब्यू गरेका थिए। आफ्नो पहिलो फिल्मबाट नै राजेशले दर्शकमाझ गहिरो छाप छोडे। त्यसपछि उनले देउता, बसन्ती , हामी तीन भाई, गिरफ्तार, कर्मयोद्धा, शकुंतला आदि फिल्ममा आफ्नो अभिनयले दर्शकलाई लोभ्याए। राजेशको बुबा चुडा बहादुर हमाल राजनैतिक व्यक्ति (केहि रिपोर्टअनुसार पाकिस्तानमा नेपाली राजदूत) थिए। त्यस समय अभिनयलाई नेपालमा निकै सानो काम मानिन्थ्यो र राजेश हुनेखाने घरका थिए।
सिनेमामा आउनुभन्दा पहिला उनले परिवारको निकै विरोध सहनुपर्यो। राजेशले भारतको पंजाब यूनिभर्सिटीबाट एमएको डिग्री हासिल गरेका थिए । पछि उनले मस्कोबाट आफ्नो पढाई पुरा गरे।
राजेशलाई आफ्नो कपाल निकै प्रिय लाग्थ्यो । केहि रिपोर्ट अनुसार उनले बुवाको अन्तिम संस्कारमा समेत कपाल काटेका थिएनन्। राजेश हमाल अहिले बहुचर्चित टिभी शो ‘को बन्छ करोडपति’ होस्ट गर्दैछन्।
राजेशले आफूभन्दा २२ वर्ष सानी मोडल मधु भट्टराईसँग बिहे गरेका थिए। दुवैले एक-अर्कालाई पहिलो पटक २००४ को लक्स स्टार कार्यक्रममा भेटेका थिए। लामो समयसम्म डेट गरेपछि २०१४ मा यी दुईले बिहे गरेका थिए ।