मलाई मन्त्रालयमा आइस्योस्, गइस्योस् नभन्नु , पत्रिकामा छापेर बधाई नदिनु : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयमा आफूलाई आइस्योस्, गइस्योस् भनेर सम्बोधन नगर्न आग्रह गरेका हुन् ।

पर्यटनमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएसँगै कार्यभार सम्हाल्न मन्त्रालय पुगेका भट्टराईले आफूलाई सरल भाषामा सम्बोधन गर्न आग्रह गरेका हुन् ।‘यहाँ मलाई आइस्यो गैस्यो नभन्नुहोला, आउनुस् जानुस् भन्नुहोला, सरल हुनुपर्छ ।’,उनले भने ।

कुनैपनि जिम्मेवारी सम्हाल्ने अवसरमा बधाई दिनु स्वाभाविक भएपनि त्यसमा पैसा खर्च गर्नु ठिक नहुने उनले बताए ।‘व्यवसायीहरुले पैसा तिरेर शुभकामना नदिनुहोला, मेरा लागि त्यही राम्रो हुनेछ ।’

भट्टराईले मन्त्री पदको सपथग्रहण गरे लगत्तै संचार मध्यमहरु सँग कुरा गर्दै आफू तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउदै उनले अगाडी बढाएका अधुरा काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत फाल्गुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालिन मन्त्री अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका  थिए।

प्रकाशित : बुधबार, साउन १५, २०७६१२:४५

“माइला लामा सहित अन्यायपूर्वक जेलमा राखिएका सबै नेता कार्यकर्ता रिहा गर्” : प्रकाण्ड