“माइला लामा सहित अन्यायपूर्वक जेलमा राखिएका सबै नेता कार्यकर्ता रिहा गर्” : प्रकाण्ड

फाइल तस्बिर

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले बुधबारकालागि आह्वान गरेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम सफल भएको जनाएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले केहिबेर अघिमात्र एक विज्ञप्ति जारी गरि पार्टीले घोषणा गरेको सङ्घर्षका विभिन्न कार्यक्रम सफल पार्न सघाउने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति पार्टीका तर्फबाट हार्दिक धन्यवादका साथै आभार प्रकट गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ;‘देशव्यापी दमन, षड्यन्त्र र हत्यामा उत्रिएको राष्ट्रघाती, व्यभिचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक केपीवली सरकार र प्रहरीभित्रको बदनाम गिरोहले यही साउन ४ गते राति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज कमरेड माइला लामा ‘प्रज्वल’लाई गिरफ्तार गरी नाङ्गो झूट र नक्कली बहानामा जेल चलान गरेको घटनाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेका सङ्घर्षका विभिन्न कार्यक्रम र साउन १५ गतेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको छ । बन्दको सफलताले केपी–पीके–रामबहादुर मण्डलीले नेकपाका नेता–कार्यकर्तामाथि लगाउँदै आएको झूट्टा आरोप पूर्णतः खारेज भएको प्रमाणित गरेको छ । हाम्रो पार्टी बन्दलगायत सङ्घर्षका कार्यक्रम सफल पार्न सहयोग गर्ने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति हार्दिक धन्यवादका साथै आभार प्रकट गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ :

प्रकाशित : बुधबार, साउन १५, २०७६१२:५९

‘रअ’का प्रमुख नेपाल आउनु गलत हो भन्छन् झलनाथ खनाल